फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिफा विश्व कप फुटबल ब्राजिल 2014का आयोजना स्थलहरु-2

(GMT+08:00) 2015-01-12 14:21:45

         हाल फिफा विश्व कप फुटबल 2014 ब्राजिलका बाह्र वटा शहरमा आयोजना भैरहेको छ।

         पहिलो सहर क्युरिटिबा- क्युरिटिबा ब्राजिलको पाराना राज्यको सदरमुकाम हो। सन् 1853 मा पाराना राज्यको सदरमुकाम निश्चित गरिएपछि विकासमा देखापरेको समस्या समाधानका लागि क्युरिटिबा शहरले धेरै शहरीय परियोजनाहरुको तर्जुमा गरेको थियो। शहरको सार्वजनिक यातायात र वातावरणीय संरक्षणमा प्रभाव पर्ने धेरै समस्याहरु समाधान गरिएको थियो। बस तीव्र पारगमन अर्थात् बी.आर.टी. यहाँबाट आएका हुन्। क्यारिटिबा ब्राजिलको धनी क्षेत्रको केन्द्रमा पर्दछ। यस शहरले ब्राजिलको कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान गर्दछ। क्युरिटिबाको वातावरण निकै सुन्दर छ। यो शहर ब्राजिलको दक्षिणी भागमा सबैभन्दा बढी जनसंख्या रहेको शहर हो। अठार लाख जनसंख्या यहाँ रहेको छ। उन्नाईसौं शताव्दीमा धेरै मानिसहरु जर्मनी, इटाली, युक्रेन, पोल्याण्डआदि मुलुकहरुबाट यहाँ आएका थिए। त्यसैले क्यारिटिबामा विविध किसिमको सँस्कृति छ।

         सन् 1997मा एरेना दा बाइसादा खेल मैदानको निर्माण शुरु भै सन् 1999मा सम्पन्न भएको थियो। पुरानो एरेना दा बाइसादा खेल मैदानको नयाँ स्वरुपमा निर्मित भयो। 28 हजार जना दर्शकले यहाँ प्रतियोगिताको अवलोकन गर्नसक्छन्। विश्व कप फुटबल 2014को दर्शक माग पूरा गर्नका लागि यस खेल मैदानको सिटमा बृद्धि भएर 43 हजार 9 सय 81 वटा थपिएको छ।

         दोस्रो सहर कुआइबा- कुआइबा ब्राजिलको माटो ग्रोसो राज्यको सदरमुकाम हो। कुआइबामा ऐतिहासिक तथा साँस्कृतिक भवनहरु नभत्काइकन सुरक्षित राखिएको छ। ती भवनहरु सन् 1992मा राष्ट्रिय पूरातात्विक वस्तुमा आवेदनपश्चात् स्वीकृत भएको थियो। बीसौं शताव्दीमा कुआइबाको शान्त स्थितिमा ठूलो परिवर्तन आयो। संघीय सरकारले शहरीय विस्तार योजना लागू गरेको थियो। तीस वर्षभित्र त्यहाँ जनसंख्या सन् 1960 को 57 हजारबाट बढेर सन् 1990 मा 4 लाख पुगेको थियो। कुआइबाको 3.538 वर्ग किलोमिटरको जमीनमा हाल 5 लाख 40 हजार मानिस बस्छन्। कुआइबाको एरेना पान्टानाल खेल मैदानको निर्माणमा वातावरणीय संरक्षणको अवधारणालाई महत्व दिइएको छ। खेलुकद प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदानको दर्शक क्षमता 42 हजार 9 सय 68 जति छ। यो खेल मैदान पुरानो खेल मैदानको स्थलमा निर्माण गरिएको हो। विश्व कप फुटबल 2014 मा त्यहाँ चार वटा प्रतियोगिताको आयोजना गरिँदै छ।

         तेस्रो सहर रेसिफे- रेसिफे ब्राजिलको पाँचौं ठूलो शहर हो र ब्राजिलको उत्तर-पूर्वी भागको सबैभन्दा ठूलो शहर हो। रेसिफे क्षेत्र रेसिफे शहर र अरु चौध वटा शहरबाट गठित भएको छ। रेसिफे क्षेत्रको जनसंख्या 37 लाख छ। रेसिफे ब्राजिलको उत्तर-पूर्वी क्षेत्रको अर्थतन्त्र तथा उद्योग केन्द्र हो। रेसिफे सन् 1548मा स्थापित भयो। रेसिफे "ब्राजिलको भेनिस" कहलाइएको छ। रेसिफेको एरेना पेर्नाबुको खेल मैदान विश्व कप फुटबल ब्राजिल 2014का लागि खास गरी निर्माण गरिएको हो। यस खेल मैदान रेसिफे अन्तर्राष्ट्रिय विमानस्थलदेखि उन्नाईस किलोमिटर टाढा छ। यस खेल मैदानको क्षमता 42 हजार 8 सय 49 जना जति छ। विश्व कप फुटबलका पाँच वटा प्रतियोगिता त्यहाँ आयोजना हुँदैछ।

         चौथो सहर रेयो द जेनेरियो- रियो द जेनेरियो सन् 1565 मार्च एक तारिखका दिन पोर्चुगिजद्वारा स्थापना गरिएको थियो। सन् 1764देखि रियो द जेनेरियो ब्राजिलको राजधानी र राजनैतिक केन्द्र भएबित्तिकै सन् 1960मा संघीय सरकारले राजधानीलाई ब्रासिलियातर्फ सारेको थियो। आजसम्म रियो द जेनेरियो ब्राजिलको केन्द्रीय क्षेत्र, सबैभन्दा मुख्य पर्यटनको गण्तव्य हो। साठी लाख जनसंख्याको रिओ द जेनेरियो ब्राजिलको दोस्रो ठूलो शहर मानिएको छ। रिओ द जेनेरियोको माराकाना खेल मैदान विश्व कप फुटबल ब्राजिल1950 का लागि निर्माण गरिएको थियो। चालू वर्षको विश्व कप फुटबलका लागि रिओ द जेनेरियोले माराकाना खेल मैदानको जीर्णोद्धार गरेको छ। यस पटकको विश्व कप बेलामा सात वटा प्रतियोगिता यस खेल मैदानमा आयोजना हुँदैछ। सबै खेल मैदानहरुमध्ये यस खेल मैदानमा सबैभन्दा बढी प्रतियोगिताहरु आयोजना हुँदैछ। आगामी जुलाई तेह्र तारिखका दिन फाइनल प्रतियोगिता पनि त्यहीँ आयोजना गरिने छ।

जानकारी तथा लेखहरु