फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तुन ह्वांगको मो काऊ गुफाको अवलोकन-1

(GMT+08:00) 2015-02-10 14:38:23

        उत्तर-पश्चिमी चीनको तुन ह्वांगको मो काऊ गुफा हाल विश्वमा संरक्षित गरिएको सबैभन्दा ठूलो र सम्पूर्ण वौद्ध धर्मको कला-भण्डार हो। सन् 1987मा मो काऊ गुफालाई "विश्व सम्पदा सूची"मा राखिएको छ। विश्व सम्पदा परिषद्ले त्यसको मूल्यांकन गरेको छ: मो काऊ गुफाको मूर्ति र भित्ते चित्रका लागि विश्व प्रख्यात छ। त्यसमा एक हजार वर्षसम्मको वौद्ध-धर्मको कला प्रतिबिम्बित गरिएको छ।

        उत्तर-पश्चिमी चीनको कान्सु प्रान्तको तुन ह्वांग शहरको कछाड क्षेत्रमा एउटा पहाड छ। त्यसलाई "मिंग शान शान"पहाड भनिन्छ। सो पहाडको पूर्वी भागको लगभग दुइ किलोमिटर लामो क्षेत्रमा अनगिन्ती गुफाहरु छन्। यो नै विश्व प्रख्यात तुन ह्वांग मो काऊ गुफा हो।

       ऐतिहासिक दस्तावेजमा लेखिए अनुसार, सन् 366 देखि झण्डै एक हजार वर्षसम्म निरन्तर रुपमा खन्ने-कुँद्ने काम गरिएपछि सन सातको दशक अर्थात् थांग वंशकालसम्ममा मो काऊ गुफामा एक हजारवटाभन्दा बढी गुफाहरु बनाइसकिएका थिए। यसैले मो काऊ गुफालाई "हजार बुद्ध गुफा" पनि भनिन्छ।

  विभिन्न वंशका जनताले गुफा खन्ने सिलसिलामा गुफाभित्र अनेकन् बुद्धका मूर्ति बनाएका थिए र थुप्रै भित्ते चित्र पनि तयार पारेका थिए। त्यस बेला मो काऊ गुफा पूर्वी र पश्चिमका बीच अर्थात् "रेशम मार्ग"को महत्वपूर्ण भागमा परेकाले त्यो पूर्वी र पश्चिमी भागको धार्मिक, साँस्कृतिक र वैज्ञानिक आदान-प्रदानको ठाउँ पनि हो। सो गुफामा विदेशबाट आएका कला र चीनका जातीय कलाको सम्मिश्रण भएको देखिन्छ। कला मनोरञ्जनको विषय भएकाले यस कला-भण्डारबाट रंगीचंगी दृश्य देखाइँदैआएको छ।

        धेरै वर्षको हुरी-बतासको प्रहार सहेपछि हालसम्म मो काऊ गुफामा लगभग 500 वटा गुफा, पचास हजार वर्गकिलोमिटर जतिका भित्ते-चित्र र दुइ हजारवटा भन्दा बढी बुद्ध-मूर्तिहरु संरक्षित अवस्थामा रहेका छन्। गुफामा रहेका मूर्तिहरु साना-ठूला गरी फरक-फरक प्रकारका छन्। यी मूर्तिहरुमा चीनका विभिन्न वंशको विशेषता पनि स्पष्ट देखिन्छ। मो काऊ गुफाका भित्ते-चित्रहरु पनि निकै सुन्दर छन। यी भित्ते-चित्रहरु सबैलाई जोडिएमा लगभग तीस किलोमिटर लामो चित्र बनाउन सकिन्छ।

   ती भित्ते-चित्रहरुमा प्रायजसो वौद्ध धर्म-शास्त्रमा उल्लेखित पात्रहरु छन्। जस्तै विभिन्न किसिमका बुद्ध, अप्सरा र राजाहरु हुन्। त्यसमा वौद्ध धर्म भारत, मध्ये एशिया र चीनमा फैलिएका किंवदन्तीहरु र कुनै ऐतिहासिक व्यक्तिहरुका बारेमा कथाहरु पनि समावेश छन्। यसका अतिरिक्त, विभिन्न वंशका भित्ते-चित्रहरुबाट विभिन्न तहका जनताहरुको सामाजिक जीवन, लुगा-फाटा, प्राचीन कालका वास्तुहरु, संगीत र नाच-गान पनि प्रतिबिम्बित गरिएको छ। साथै भित्ते-चित्रहरुमा चीन तथा विदेशसँगको साँस्कृतिक आदान-प्रदानका ऐतिहासिक तथ्य कुरा पनि उल्लेखित छन। यसैले पश्चिमी जगतका विद्बानहरुले मो काऊ गुफाका भित्ते-चित्रलाई "भित्तामा रहेको पुस्तकालय" भन्नेगरेका छन।

जानकारी तथा लेखहरु