फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका गर्भवती र प्रसूति दर घट्नुका साथै बालमृत्यु दरमा पनि तीव्र रुपमा कमी

(GMT+08:00) 2015-03-06 17:38:07

        विश्व स्वास्थ्य संगठनआदि संस्थाहरु र दक्षिण अफ्रिका सरकारद्वारा आयोजना गरिएको महिला तथा शिशुको स्वास्थ्य सहयोगात्मक साझेदार मञ्च 2014 गत जुन तीस तारिख जोहान्नेसबर्गमा आयोजना भएको छ। उक्त मञ्चमा "गर्भवती महिला, प्रसूति महिला, बालकको स्वास्थ्य तथा सफलताका कारक-तत्वसम्बन्धी अनुसन्धान प्रतिवेदन" सार्वजनिक गरिएको थियो। यस प्रतिवेदनअनुसार, 144 वटा मध्य तथा निम्न आम्दानी भएका मुलुकहरुमा चीन गर्भवती महिला, प्रसूति महिला र बालकको मृत्यु दर तीब्र रुपमा घटेका दश वटा मुलुकमध्येको एक हो।

        चिनियाँ राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिअन्तर्गत महिला तथा शिशु स्वास्थ्य सेवा विभागका उप प्रमुख वाङ्ग छ्याउ मैले यस मञ्चमा चीनले गर्भवती महिला, प्रसूति महिला र बालमृत्यु दर घटाएको सफल अनुभव सुनाउनुभयो।

       "पहिलो, स्वास्थ्य शिक्षा र सामाजिक प्रचार-प्रसारमार्फत ग्रामीण क्षेत्रका महिलाहरुको अस्पतालमा प्रसूति गराउने चेतना फैलाइएको छ। दोस्रो, अस्पतालमा प्रसव भएकी महिलालाई आर्थिक आपूर्ति दिएर उनीहरुको आर्थिक बोझ घटाइएको छ। ती नीतिहरु गर्भवती महिला र प्रसूति महिलाको मृत्यु दर घटाउन र भर्खरै जन्मेको बच्चालाई टिटानस लाग्न नदिनका लागि हितकर भएको छ। सन् 2013 मा अस्पतालमा प्रसव दर 99.5प्रतिशत पुगेको र ग्रामीण क्षेत्रका महिला अस्पतालमा प्रसव भएको दर 99.2प्रतिशत पुगेको थियो।"

        वाङ्ग छ्याउ मैले जनाएअनुसार, चीनले संस्था, कानून, राष्ट्रिय योजना, सेवा प्रणालीआदि क्षेत्रहरुमा महिला र बालस्वास्थ्यको प्रत्याभूति गरेको छ। यस वाहेक, चिकित्सा सुधार योजना लागू भएपछि महिला र बालस्वास्थ्यसम्बन्धी धेरै परियोजनाहरु प्रस्तुत गरिएका छन्।

        चिनियाँ राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिको तथ्यांकअनुसार, सन् 2013 मा चीनका गर्भवती महिला र प्रसूति महिलाको मृत्यु दर घटेर एक लाख जनामध्ये 23.2जनाको मृत्यु भएको थियो जुन सन् 2000को तुलनामा 56.2प्रतिशत कम हफ। शिशुको मृत्यु दर र पाँच वर्ष उमेरभन्दा साना बालबालिकाको मृत्यु दर सन् 2000 को तुलनामा 70.5 प्रतिशत र 69.8प्रतिशत घटेको छ। ती तीन सूचकाङ्कमा विकासोन्मुख मुलुकको अग्रस्थानमा रहेको र विकसित मुलुकसितको अन्तर पनि साँघुरो भएको छ।

        चीनलगायत विकासोन्मुख मुलुकहरुले महिला र बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। तर धेरै अविकसित क्षेत्रहरुमा महिला र बालस्वास्थ्य स्तर कमजोर भएको छ। दक्षिण अफ्रिकाका उप राष्ट्रपति सिरिल रामाफोसाले यसप्रति चिन्ता प्रकट गर्नुभयो।

        "फरक क्षेत्रमा जन्मेका बच्चाहरुका फरक फरक जीवन-अवधि छ। जापान र स्वीजर्ल्याण्डमा जन्मेका बच्चा असी वर्षसम्म बाँच्नसक्ने छन्। ब्राजिलमा जन्मेका बच्चा बहत्तर वर्षसम्म बाँच्नसक्ने छ। भारतमा जन्मेका बच्चा त्रिसट्ठी वर्षसम्म बाँच्नसक्ने छ। तर अफ्रिकामा बच्चाहरु पचास वर्षसम्म पनि बाँच्न सक्दैन।"

         विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, हरेक वर्षमा समस्त विश्वका 2 लाख 89 हजार महिलाहरुले बच्चा जन्माएपछि उत्पन्न रोगको कारण मृत्यु भएको छ। हरेक वर्षमा पाँच वर्षभन्दा कम उमेरका 66 लाख जना बालबालिकाको मृत्यु भएको छ। तीमध्ये 30 लाख जना भर्खरै जन्मेका बच्चा थिए। वास्तवमा ती ज्यानहरु सजिलो, सस्तो र प्रभावकारी चिकित्सा उपचारद्वारा उद्धार गर्नसकिन्छ।

         महिला तथा शिशुको स्वास्थ्य सहयोगात्मक साझेदार मञ्चमा सहभागी आठ सय जना विशेषज्ञले विश्वसँग महिला, बालबालिका, भर्खरै जन्मेका शिशुको स्वास्थ्य स्थितिमा सुधार गर्न आव्हान गरेका छन्। यस मञ्चका अध्यक्ष एवम् दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति स्वर्गीय नेल्शन माण्डेलाका श्रीमती ग्राका माजेलले विगत चौध वर्षयता विश्वको महिला र बालस्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको, बताउँदै उल्लेखनीय उपलब्धि हासिल भएता पनि सन् 2005 को संयुक्त राष्ट्र संघको सहश्राव्दी विकास लक्ष्यमा तोकिएको ठोस कार्यभारसित ठूलो अन्तर रहेको कुरा बताउनुभयो।

        "हरेक जना, हरेक संस्था, हामी सबै जना महिला र बालस्वास्थ्य स्तरलाई माथि उकास्ने समर्थकहरु हौं। हामीले उक्त लक्ष्य साकार तुल्याउन पाँच सय जना अझै बाँकी छन्। हरेक दिन महत्वपूर्ण हुन्छ। हरेक कारवाही महत्वपूर्ण हुन्छ। हरेक ज्यान महत्वपूर्ण हुन्छ। हामीले धेरै उपलब्धि हासिल गरेका छौं तर गम्भीर कार्यभार पूरा गर्न अझै बाँकी छ।"

जानकारी तथा लेखहरु