फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत जातिकी गायिका च्याङ्ग याङ्ग चो मा

(GMT+08:00) 2014-07-30 10:40:51

       "घाँसेमैदानको हावा, घाँसेमैदानको वर्षा, घाँसेमैदानका भेडाका बथान, घाँसेमैदानको फूल, घाँसेमैदानको पानी, घाँसेमैदानकी केटी, घाँसेमैदानकी केटी चोमा"

       छिङ व्हा विश्वविद्यालयको एक संगीत हलमा घाँसेमैदानमा परिचित गीत "चोमा"बोलको गीत गुञ्जिएको छ। तिब्बत जातिकी गायिका च्याङ्ग याङ्ग चो माले आफ्नो विशेष आवाजमार्फत् दर्शकहरुलाई फराकिलो छिङ्ग चाङ्ग पठारभूमिमा पुर्‍याएकी छिन्।

       "सबैभन्दा मिठो मध्यम बिटको स्वरकी धनी गायिका" भनेर कहलाइएकी च्याङ्ग याङ्ग चो मा तिब्बती क्षेत्रमा मात्रै परिचित नभई सारा चीनका विभिन्न क्षेत्रका धेरै फ्यानहरुद्वारा मन पराइएकी छन्। मानिसहरुले उनको गीत सुनेपछि फराकिलो घाँसमैदानको अनुभव गर्नसक्ने र तिब्बत जातिका केटाकेटीको खुशीयालीको अनुभव गर्नसक्ने छन्।

        च्याङ्ग याङ्ग चो माको जन्म सन् 1984 मा स छ्वान प्रान्तीय कान च तिब्बती जातीय प्रशासनिक क्षेत्रको द क जिल्लामा भएको थियो। उनी एक सामान्य तिब्बती जातीय किसान परिवारमा हुर्केकी हुन्। जन्मथलोको जातीय सँस्कृतिको प्रभावमा उनमा सानो उमेरदेखि नै नाचगान गहिरो छाप परेको छ।

       "तिब्बत जातिलाई गीत मन पर्छ र नृत्य मन पर्छ भन्ने सबै जनाको विश्वास हो। मेरी आमालाई पनि नाचगान निकै मन पर्छ। उहाँले ममाथि निकै गहिरो प्रभाव पार्नुभएको छ। सानो उमेरमा मैले आमालाई "टाढा क्षेत्रतर्फ उडेको कर्‍याङ्गकुरोङ्ग चरा" र "चिनियाँ कम्युनिष्ट पार्टीका लागि फेरि एक पटक एक लोक गीत गाउने"बोलका गीतहरु गाउँदै गरेको सुनेको छु। आमाले ती गीतहरु गाउँदै आउनुभएको छ म पनि त्यही सुन्दै हुर्केको छु।"

        हुर्केपछि च्याङ्ग याङ्ग चो मा जन्मथलोको एक होटेलकी वेटर काम गर्न थालेकी थिइन्। द क जिल्लाका एकजना नेताले उनको विशेष आवाज सुनेर उनलाई जिल्लाको कला मण्डलमा सिफारिश गरेका थिए। पछि उनले परीक्षामा उत्तीर्ण भई कान च तिब्बती जातीय प्रशासनिक क्षेत्रको नाचगान मण्डलमा प्रवेश पाइन्। त्यसपछि उनले स छ्वान संगीत विश्वविद्यालयमा तीन वर्षसम्म अध्ययन गरेकी थिइन्। स्नातक भएपछि उनी विविध गायन कार्यक्रमहरुमा सहभागी भईन्। विशेष खालको मीठो स्वरकी धनी उनको स्वर धेरै लोकप्रिय भएको छ। पछि च्याङ्ग याङ्ग चो मा चिनियाँ मुक्ति सेनाअन्तर्गत तिब्बत स्वायत्त प्रदेशको सैन्य कला मण्डलमा प्रवेश गरेकी छिन्। त्यसपछि उनले चिनियाँ मुक्ति सेनाअन्तर्गत कला प्रतिष्ठानमा दुई वर्षसम्म अध्ययन गरेकी थिइन्।

        च्याङ्ग याङ्ग चो माको विचारमा उनी एकजना भाग्यमानी मानिस हुन्। गायनको बाटोमा उनले धेरै जनाको मद्दत पाएकी छिन्। उनले खास गरी एक जनाप्रति धन्यवाद दिएकी छिन्। ती हुन् उनका ध्वनि इन्जिनियर।

        "मेरो विचारमा मेरो जीवन-अवधिमा ध्वनि इन्जिनियरले मलाई गहिरो प्रभाव पारेका छन्। उनले मलाई धेरै कुराहरु सिकाएका छन्। मेरो बुबाजस्तै उनले मेरा कमजोरीहरु औंल्याइदिएका छन्। साथमा मेरा कमजोरीहरु सच्याउनमा पनि मद्दत दिएका छन्। मेरो जीवन-अवधिमा ध्वनि इन्जिनियर नै मलाई धेरै माया गर्ने एक मानिस हो।"

        च्याङ्ग याङ्ग चो मालाई तिब्बती जातिको परम्परागत वस्तु मन पर्छ। सन् 2009देखि च्याङ्ग याङ्ग चो माले "सि हाई प्रेम गीत", "सुनौलो घाँसेमैदान", "चीनको आवाज", "सबैभन्दा मीठो मध्यम बिटको स्वरकी धनी" आदि आठ वटा गीत संग्रह निकालिसकेकी छन्।

जानकारी तथा लेखहरु
सुझाउ