फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा दक्षिण एशियाबीच आपसी आर्थिक श्रेष्ठताको आपूर्ति

(GMT+08:00) 2014-07-21 14:54:07

      चीन-दक्षिण एशिया वाणिज्य कमिटीको कार्यकारी सम्मेलन गत जनवरी तेईस तारिखका दिन पैचिङ्गमा आयोजना गरिएको छ। सम्मेलनमा सहभागी हुनुभएका दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्कको उद्योग-वाणिज्य संघका पूर्व अध्यक्ष हासिम महमद म्याकीले सिआरआईका सम्वाददातालाई अन्तर्वार्ता पनि दिनुभएको छ।

     अन्तर्वार्तामा उहाँले चीन र दक्षिण एशियाली मुलुकबीच आर्थिक सहयोगको निकै ठूलो निहित शक्ति रहेको बताउँदै दुवै पक्षले संगै मिलेर एकले अर्कालाई श्रेष्ठताको आपूर्ति गरी विश्व बजारको चाहनालाई पुरा गर्नसक्ने कुरा बताउनुभयो।

     चीनको अन्तर्राष्ट्रिय ब्यापार प्रबर्द्धन समितिको तत्त्वावधानमा आयोजित चीन-दक्षिण एशिया वाणिज्य कमिटीको कार्यकारी सम्मेलनमा पूर्व अध्यक्ष हासिमले चीनका सरकारी पदाधिकारी, चीनका लागि विभिन्न दक्षिण एशियाली मुलुकका राजदुताबासका पदाधिकारी र बंग्लादेश, नेपाल, पाकिस्तान तथा श्रीलंका आदि मुलुकका उद्योग-वाणिज्य संघका प्रतिनिधिहरूसित आगामी जून महिनामा आयोजना हुने चीन-दक्षिण एशिया वाणिज्य मञ्चको तयारी सम्मेलनबारे विचार-विमर्श गर्नुभएको थियो।

     चीन-दक्षिण एशिया वाणिज्य मञ्चको स्थापना सन् 2004मा गरिएको थियो। जुन चीन तथा दक्षिण एशियाली मुलुक बीचको राजनीतिक पारस्परिक विश्वास निरन्तर रुपमा सबल हुँदै गएको र आर्थिक तथा ब्यापारिक सहयोग द्रुत गतिले विकसित हुँदै गएको सिलसिलामा चीन तथा दक्षिण एशियाली मुलुकका उद्योग-वाणिज्य क्षेत्रबीच स्थापना गरिएको पहिलो र एक मात्र मञ्च स्वरुपको व्यवस्था नै हो। हासिम महमद म्याकी पनि त्यो मञ्चका संस्थापकहरूमध्येको एकजना हुनुहुन्छ। उहाँका अनुसार, स्थापना गरिएको दश वर्षयता सो मञ्चले चीन र दक्षिण एशियाका उद्योग-वाणिज्य क्षेत्रका लागि अधिकांश सहयोगी अवसर उपलब्ध गराएको छ। उहाँ यसरी भन्नुहुन्छ:

       चीन-दक्षिण एशिया मञ्चबाट चिनियाँ ब्यापारी, लगानीकर्ता, औद्योगिक र विज्ञहरूका लागि दक्षिण एशियाको वाणिज्य तथा दक्षिण एशियाली मुलुकका जनताहरूबारे अवगत गराउने अवसरको सिर्जना गरिएको छ। उनीहरूले हरेक वर्षको जून महिनामा त्यस मञ्चमा भेला भई प्रत्यक्ष रुपमा वाणिज्य आदान-प्रदान गर्नुका साथै विभिन्न मुलुकको वास्तविक अवस्था र विभिन्न किसिमका वाणिज्य मौका, ऊर्जा, निर्माण व्यवसाय र पर्यटनबारे अवगत गराउने गर्दछन्। जसबाट चीन र दक्षिण एशियाका विभिन्न मुलुकहरूबीच वाणिज्य सहयोग बढानका लागि सुअवसरको सिर्जना गर्नसकिएको छ।

      हासिमका अनुसार, हाल चीन तथा विभिन्न दक्षिण एशियाली मुलुक बीचको वाणिज्य सहयोग सुचारु रुपमा चलिरहेको छ। साथै दुवै पक्ष बीच सहयोग हुने अपेक्षा झन् स्पष्ट देखिन्छ। यस विषयबारे चर्चा गर्दै उहाँले भन्नुभयो:

      चीन तथा विभिन्न दक्षिण एशियाली मुलुकबीचको वाणिज्य सहयोगमा कुनै पनि अप्ठ्यारो छैन। किनकि चीनमा सबभन्दा राम्रो नीति रहेको छ। चीनमा एक अर्ब चालीस करोड जति जनसङख्या छ। त्यसै कारण चीनमा खाद्यान्न, लुगाफाटा, घरजग्गा, ऊर्जा र मोटर-गाडीको माग निकै बढी छ। के भन्नसकिन्छ भने तिमीलाई के चाहिन्छ भने हामीले त्यो नै उत्पादन गर्नसक्छौं र तिम्रोतर्फ निर्यात गर्नसक्छौं। बरु हामीलाई के चाहिन्छ अथवा भनौं तिमीले के कस्तो उत्पादन गर्नसक्छौ भने हामीले तिमीबाट त्यो नै खरिद गर्छौं।

      हासिमको विचारमा चीन तथा दक्षिण एशियाका विभिन्न मुलुकको आ-आफ्नो आर्थिक श्रेष्ठता रहेको छ। दुवै पक्षलाई राम्रोसँग मिसाइएपछि सारा विश्वमा सशक्त उत्पादन र निर्माण शक्ति बन्नसक्छ। त्यसबाट विश्व बजारको चाहनालाई पूरा पार्न सकिनेछ। उहाँ यसरी भन्नुहुन्छ:

       प्रत्येक मुलुकको आफ्नो आर्थिक श्रेष्ठता छ। जस्तै: माल्दिभ्स, श्रीलंका, नेपाल तथा भूटानको पर्यटन व्यवसाय समृद्ध भएकाले विश्वप्रख्यात छ। यसबाहेक, नेपाल तथा भूटानमा निकै प्रशस्त ऊर्जा स्रोत भएकाले चिनियाँ व्यवसायले त्यहाँ गएर ऊर्जा सम्बन्धी उपयोगी अवसर खोज्न सक्नेछ। अर्को दृष्टिबाट हेर्दा चीनको उद्योग ज्यादै विकसित छ। पाँच वर्षअघि छी रवै नामक चिनियाँ गाडी कम्पनीले श्रीलंका पुगेर एउटा मोटर-गाडीको उत्पादन लाइनको स्थापना गरेको थियो। यसका अतिरिक्त, पाकिस्तानमा कपासको उत्पादन मात्रा निकै बढी रहेको कारण त्यसले चीनतर्फ कपासको निर्यात गर्ने गरेको छ। भारत, पाकिस्तान र बंग्लादेशका कृषि कम्पनीले चिनियाँ कम्पनीसँग पनि घनिष्ट सहयोग गर्नसक्छन्। त्यसले गर्दा क्रमश: चीन तथा दक्षिण एशियाली मुलुकहरू सम्भवत: एउटा संयुक्त आर्थिक समुदाय बन्न सक्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ