फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व शान्तिमा नेपालको भूमिकाको राष्ट्रसंघीय उपमहासचिवद्वारा प्रसंशा

(GMT+08:00) 2014-07-22 18:07:15

       संयुक्त राष्ट्रसंघका उपमहासचिव हार्वे लाड्सौसले विश्व शान्तिमा नेपाली सेना तथा प्रहरीबाट महिला उच्चपदस्थ अधिकारीको सहभागितामा हुनेमा राष्ट्रसंघ विश्वस्त रहेको बताउनुभएको छ।

       नेपालको दुई दिने भ्रमणमा आएका लाड्सौसले खटिएका सुरक्षाकर्मीको उत्प्रेरणा अभिवृद्धिका लागि सुविधामा बृद्धि र आपतकालीन सुरक्षा भरपर्दो बनाउनमा राष्ट्र्संघ लागि परेको जनाउनुभयो।

       विश्व शान्तिमा नेपालको भूमिका प्रशंसनीय रहेको बताउँदै उहाँले मानवअधिकार र समानताको विषयलाई राष्ट्रसंघले गम्भीरताको साथ लिएको बताउनुभयो। विश्व शान्तिको लागि पहल भइरहेको विषयमा द्वन्द्वपछि शान्तिप्रक्रियामा रहेका नेपाल जस्तो मुलुक मित्रको शान्ति प्रक्रियामा समेत राष्टसंघले भित्रबाट नियालिरहेको भन्दै यहाँको शान्तिप्रक्रियाले पाएको सफलताको उहाँले प्रशंसा गर्नुभयो।

       परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको शान्ति स्थापनामा नेपाल र राष्ट्रसंघको सहकार्य नामक अन्तरक्रियामा उहाँले 'नेपालले विश्व शान्तिको लागि लगातार 60 बर्ष देखि पुर्‍याएको सहयोग अतुलनीय रहेको बताउनुभयो। नेपाली सेना सहासिक, व्यावसायिक र विश्वासिलो रहेको चर्चा गर्दै उहाँले राष्ट्रसंघमात्र नभै यो विश्वले अनुभव गरेको विषय भएको जिकीर गर्नुभयो। शान्ति सेनामा खटिने संख्याको आधारमा नेपाल अहिले विश्वको पाँचौ र एसियाको तेस्रो ठूलो मुलुक हो।

        नेपाली सेनाको विश्वास माथि प्रश्न उठाउने स्थान नै नभएको बताउँदै उहाँले मुलुक भित्र पनि सेनाले देखाएको व्यवसायिकताको उच्च मूल्याङ्कन गर्नुभयो। नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति कार्यवाहक प्रधानमन्त्री प्रधानसेनापति राजनीतिक दलका नेताहरु लगायतसँग भेटवार्ता गर्नुभएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ