फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्षबाट क्युबाको भ्रमण

(GMT+08:00) 2014-07-22 18:34:28

         चीनका राष्ट्राध्यक्ष सी चिन फीङ्ग 21 तारिख राति विशेष विमानद्बारा हवाना पुगी क्युबाको राजकीय भ्रमण थाल्नुभएको छ।

         राष्ट्राध्यक्ष सीका अनुसार, सन् 1960 मा क्युबा र नयाँ चीनबीच दौत्य सम्बन्ध स्थापना भए यता चीन र ल्याटिन अमेरिका तथा क्यारिबियन सम्बन्धको नयाँ शताब्दी सुरु भएको हो। वर्तमान दुई मुलुक विकासको चरम अवधिमा पुग्नुका अलावा आपसी सम्बन्धका सामु महत्वपूर्ण अवसर देखा परेको पनि राष्ट्राध्यक्ष सीको भनाइ छ।

         यस अघि सन् 2011 को जुन महिनामा राष्ट्राध्यक्ष नहुँदै सीले क्युबाको भ्रमण गर्नुभएको थियो। यसपटक उहाँले क्युबा राज्य समितिका अध्यक्ष राउल क्यास्त्रोसँग भेट-वार्ता गर्नुका साथै दुवै पक्षले आर्थिक व्यापार, कृषि, बायोटेक्नोलोजी, सँस्कृति लगायत विविध सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ