फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा पाँचको मृत्यु

(GMT+08:00) 2014-07-22 16:36:07

        22 तारिख अफ्गानिस्तानको राजधानी काबुल विमानस्थल नजिकै आत्मघाती बम विष्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

        प्रहरी स्रोतका अनुसार, सोहि दिन विहान काबुल विमानस्थल नजिकै रहेको गृह मन्त्रालयको कार्यालयीय क्षेत्रमा बम आक्रमण हुँदा तीन जना विदेशी कर्मचारीको ज्यान गएको हो। त्यस विस्फोटनमा एकजना अफ्गानिस्तानी अनुवादक सहित अर्का एकजनाको गरी पाँचजनाको मृत्यु भएको हो भने अरु छ जना घाइते भएका छन्।

        सो आक्रमणको जिम्मेवारी अफ्गानिस्तानस्थित सशस्त्र विद्रोही संगठन तालिवानले लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ