फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र अमेरिकी प्रतिनिधिहरुबीच वार्ता

(GMT+08:00) 2014-07-23 11:12:54

      चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 22 तारिख दिउँसो बृहत जन सभा भवनमा छैठौं व्यापारिक नेता तथा पूर्व वरिष्ठ अधिकारीहरूसँगको संवादमा भाग लिने अमेरिकी प्रतिनिधिहरुसँग भेट-वार्ता गर्नुभएको छ।

      अमेरिकी राष्ट्रिय वाणिज्य संघका प्रमुख थोमस डोनोहुय, राष्ट्रपतिको भूतपूर्व सुरक्षा सहायक सामुयल बर्गेर, भूतपूर्व व्यापारिक सम्झौता प्रतिनिधि चार्लेने बार्शेफ्कीलगायत गन्यमान्य व्यक्तिहरुले चीनको खुलापन तथा सुधार, आर्थिक विकास, दुई मुलुकको अर्थतन्त्र तथा व्यापार आदि विषयबारे आफ्नो धारणा व्यक्त गरेका छन्।

      प्रधानमन्त्री लीले उहाँहरुसँग वैचारिक आदान-प्रदान गर्नुका साथै सोधिएका प्रश्नहरूको उत्तर पनि दिनुभएको छ। उहाँका अनुसार, चीन र अमेरिकाबीचको राम्रो सम्बन्ध एकआपसमा मात्र नभइ विश्वव्यापी रुपमा प्रभावकारी छ।

जानकारी तथा लेखहरु
सुझाउ