फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामाजिक सेवामा नयाँ शैली आविष्कार गर्ने एक संगठन मि ला ग्रह

(GMT+08:00) 2014-07-23 14:24:03

         सन् 2014 मे 17 तारिखका दिन मि ला ग्रह नामक समाजसेवी संगठन पैचिङ्गमा औपचारिक रुपमा स्थापना भएको हो। समस्त समाज सेवामा क्रियाशील संगठन भन्दा यस नयाँ संगठनमा केही फरक विशेषता रहेका छन्। यस संगठनले सामान्य सामाजिक व्यवसायको हैसियतले नाफा कमाएर अफ्ठ्यारोमा परेकाहरुलाई जीवनयापन अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।

         मि ला ग्रहको संस्थापक छु थङ्ग फै लामो समययता अटिजम रोगी समूहका लागि स्वयमसेवा गरिरहेका छन्। समस्यामा परेकाहरुलाई सहायता गर्न पाउँदा खुशीको अनुभव गर्दै छुले चीनमा अटिजम रोगी जस्तै जीवनस्तर कम्जोर भएका जनसमूह सम्बन्धी सार्वजनिक गतिविधिहरु त्रुटिपूर्ण भएकोमा चिन्ता व्यक्त गरे। हाल चीनका अधिकाँश अटिजम संस्था एवम संगठनले अटिजम बालबालिकाको प्रारम्भिक व्यावहारिक क्षमताको तालिम दिने प्रयास गरिरहेका छन्। तर ती बालबालिका ठूलो भएपछि समाजमा कसरी बाँच्ने? त्यसैले अटिजम समूहलाई काम प्रविधि र रोजगारका अवसर प्रदान गर्नु नै छु थङ्ग फैले यस संगठनको स्थापना गर्नुको प्रारम्भिक अवधारणा हो। यसप्रति छुले यसरी भन्छन्:

        हामीले मि ला ग्रह संगठनको स्थापना गर्नका लागि धेरै समयसम्म योजना गरेका थियौं। अटिजम रोगीको विशेष क्षमताबमोजिम वयस्क अटिजम व्यक्तिहरुका लागि एक काम शैली तोकिने छ। उनीहरुद्बारा उत्पादन गरिने बस्तुलाई समाजमा प्रचारप्रसार गरिनेछ।

         मि ला ग्रह संगठनको स्थापना समारोहमा यस समाजसेवी संगठनको पहिलो अभ्यास गरेको थियो। उक्त अभ्यास भनेको अटिजम व्यक्ति वाङ्ग हान पिनलाई थाङ्काको पेन्टिङ्ग प्रविधि सम्बन्धी शिक्षा प्रदान। अटिजम रोगीले चित्रकारिताका क्षेत्रमा अधिक प्रतिभा राखेका हुन्छन्। त्यस कारणले गर्दा थाङ्गा कोर्ने तालिम लिएपछि वाङ्ग हान पिनको चित्रकला प्रतिभा सम्पूर्ण रुपमा प्रस्फुटन हुन सक्छ। साथै थाङ्गाको राम्रो मूल्यबाट अटिजम वाङ्गलाई अपेक्षाकृत स्थिर आम्दानी पनि हुनसक्नेछ। यसप्रति छुले भन्छन्:

        बजारमा थाङ्गको मूल्य राम्रो देखिन्छ। त्यस कारणले गर्दा हाम्रो आशा छ: अटिजम व्यक्तिहरुले थाङ्का रचना प्रविधि सिकेर आफ्नो जीवनयापनका लागि स्थिर आम्दानी गर्न सक्नेछन्। अटिजम इतिहासमा यो एक अर्थपूर्ण अभ्यास हो।

         सबै अटिजम रोगीहरुको परिवारका सामु आफ्नो बालबालिकाको रोजगारीको समस्या देखापरेको छ। अटिजम रोगीका सामु आजीवन हेरविचार गर्न नपरोस् भन्ने विचार अटिजम पीडित परिवारमा देखिने एक ठूलो मानसिक दबाव हो। वाङ्ग हान पिनलाई थाङ्गा कला तालिम दिने कुरा अटिजम व्यक्तिको रोजगारी समस्याको समाधान गर्ने एक राम्रो आविष्कार तथा अभ्यास हो भन्ने कुरा वरिष्ठ अटिजम तालिम विशेषज्ञ थ्यान ह्वी भिङ्गले बताउनुभएको छ। उहाँले यसरी भन्नुभयो:

         हाल चीनमा वयस्क अटिजम व्यक्तिको रोजगारी समस्याको समाधान सम्बन्धी चौतारो खाली छ। मि ला ग्रह संगठनले यस सम्बन्धमा प्रयास गर्नसक्नु अटिजम समूहका लागि एक खुशीको कुरा हो।

         मि ला संगठनका संस्थापक छुले जानकारी दिएअनुसार मि ला ग्रह संगठनले अटिजम व्यक्तिहरुलाई हस्तकला प्रविधिको तालिम तथा शिक्षा प्रदान गर्नका लागि एक कार्यस्थल स्थापना गरेको छ। साथै यस संगठनले बजारमा बिक्री गर्नसकिने श्रृंखलाबद्ध बस्तुको विकास गर्ने छ। यी पदार्थ बस्तुको केही हाते उत्पादन काम अटिजम व्यक्तिलाई दिइने छ। जसबाट अटिजम समूहले वास्तविक रुपमा समाजसँग घुलमिल हुनसक्ने छ।

         मि ला ग्रह संगठनको भावी विकासबारेमा चर्चा गर्दै छुले विविध किसिमका चुनौतीको सामना गर्न तयार रहेको बताउनुभयो:

         भविष्यमा मि ला ग्रह संगठनका सामु धेरै समस्याहरु देखापर्नेछन्। उदाहरणका लागि यस संगठनले अझ बढी स्वयमसेवक चाहनेछ। अझ बढी मानिस र व्यवसायले हामीसँग अटिजम व्यक्तिको रोजगारका लागि नयाँ बाटो खोज्नुपर्ने हुन्छ। विविध चुनौतीको सामना गर्न हामी सम्पूर्ण मानसिक रुपमा तयार भैसकेका छौं। यस संगठनका सबै सदस्यले हातमा हात मिलाएर द्दढ प्रयास गर्दै जानेछन्।

जानकारी तथा लेखहरु
सुझाउ