फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा खाद्यान्न आयात तीव्र रुपमा बढेको तथ्याङ्क

(GMT+08:00) 2014-07-23 17:21:44

            कृषि विकास मन्त्रालयले मुलुकभित्र उत्पादित खाद्यन्न मागभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गरिरहँदा खाद्यवस्तुको आयात अस्वभाविक रुपमा बढेको देखिएको छ। मन्त्रालयले आर्थिक वर्ष 2070/071 मा मुलुभित्र खाद्यन्न उत्पादन 9.43 प्रतिशतले वृद्धि भएको अनुमानित तथ्यांक सार्वजनिक गरेको छ। उत्पादन बढेपछि 7 लाख 89 हजार 890 मेट्रिक टन खाद्यन्न बचत भएको समेत मन्त्रालयले अनुमान लगाएको छ । उपभोक्ताको माग पुरा भई खाद्यन्न बचत भएको बताइरहँदा विदेशबाट 11 महिनाको अवधिमा 25 अर्ब 24 करोड 88 लाख रुपैयाँ बराबरको खाद्य वस्तु आयात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 31.2 प्रतिशतले बढी हो। कृषि प्रधान मुलुक भनिने नेपालको वर्षेनी खाद्य वस्तुमा परनिर्भरता बढ्दै गइरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको पछिल्लो तथ्यांकले देखाउँछ। केन्द्रका वरिष्ठ अफिसर कृष्णराज बजगाईंका अनुसार विदेशबाट मुख्यतः धान, मकै, कोदो, गहुँ, जौं, चामल, जुनेलो लगायतका खाद्य वस्तुहरु आयात भएका छन्।

            खाद्यान्न आयात भने हरेक वर्ष बढ्दै गइरहेको अनलाईन खबरले लेखेको छ। अघिल्लो आर्थिक वर्ष 2069/70 मा 20 अर्ब 92 करोड 34 लाख रुपैयाँ बराबरको खाद्य वस्तुहरु विभिन्न मुलुकबाट आयात गरिएको थियो। समिक्षा वर्षमा यहि गतिमा आयात बढे 28 अर्ब रुपैयाँ बराबरको खाद्य वस्तु आयात हुने देखिन्छ। जुन अघिल्लो वर्षको तुलनामा साढे 7 अर्ब रुपैयाँले बढी हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ