फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कम्युनिष्टका संस्थापक नेता पुष्पलालको स्मृति दिवस मनाइँदै

(GMT+08:00) 2014-07-23 17:22:08

          36औँ पुष्पलाल स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा (एमाले)ले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। एमाओवादीले पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्मृति दिवस मनाएको छ भने अन्य विभिन्न कम्युनिस्ट पार्टीले समेत उहाँको स्मृतिमा कार्यक्रमहरू आयोजना गरेका छन्।

          2006 सालमा भारतको कोलकातामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राख्नुभएका पुष्पलालको जन्म 1981 असार 15 गते रामेछापमा भएको हो।

            वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित उहाँले नेपाली काँग्रेससँग शत्रुतापूर्ण सम्बन्ध होइन, सहकार्य गर्न प्रयत्न गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ