फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र क्युबाको राज्य परिषदका अध्यक्षबीच भेटवार्ता

(GMT+08:00) 2014-07-23 17:23:23

            चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले जुलाई बाईस तारिख हवानामा क्युबा राज्य परिषदका अध्यक्ष एवम् मन्त्री परिषदका अध्यक्ष राउल क्यास्त्रोसँग भेटवार्ता गर्नुभयो। यस सदिच्छापूर्ण मैत्रीवार्तामा यी दुबै मुलुकका नेताहरुले संयुक्त रुपमा चीन र क्युबाबीचको सम्बन्धको विकासको पुनरावलोकन गर्नुका साथै आपसी भावी सम्बन्धको विकासमा महत्वपूर्ण विचार विमर्श गरेका छन्।

            राष्ट्राध्यक्ष सीका अनुसार दौत्य सम्बन्ध स्थापित भएको 54 वर्ष यता चीन र क्युवाले साझा कल्पना र विश्वासलाई कायम राख्दै समाजवादको निर्माणको बाटोमा संयुक्त विकास गर्दै आएका छन्। चीनले क्युबासँगको मित्रतालाई निकै जोड दिने बताउँदै राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन हुँदै गएपनि चीन र क्युबा मित्रता निरन्तर दीर्घकालीन चलि नै रहने छ।

             प्रत्युत्तरमा अध्यक्ष क्यास्त्रोले चीनसँगको चौतर्फी सहयोगात्मक सम्बन्धमा निकै ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार चीन एक विशाल मुलुक हो भने चीनको विकासले विश्वको शान्ति तथा मानव जातिको प्रगतिका लागि अझ ठूलो योगदान गर्नसक्ने छ। क्युबाले चीनसँग आपसी द्बिपक्षीय व्यापारिक स्तरलाई माथि उकास्ने, ऊर्जा स्रोतको पुनःप्रयोग, कृषि आदि क्षेत्रको सहयोगलाई विस्तार गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ