फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मलेशिया वायु सेवा निगमको एम एच 17 विमानको ब्ल्याक बक्स विश्लेषणका लागि ब्राजिल पठाइने

(GMT+08:00) 2014-07-23 17:23:51

          नेदरल्याण्ड्सको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय छानबिन टोलीले मलेशिया वायु सेवा निगमको एम एच 17 विमानको ब्ल्याक बक्स आवश्यक विश्लेषणका लागि ब्राजिल हवाई दुर्घटना छानबिन कार्यालयमा पठाइने भएको छ। मलेशियाका यातायात मन्त्री लिउ टोइङ्ग लाइले तेईस तारिख प्रकाशित वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो।

            युरोपेली संघका सदस्य मुलुकका विदेश मन्त्रीहरुले ब्रसेल्समा एक बैठकको आयोजना गर्दै सम्बन्धित पक्षले उक्त घटनाको न्यायिक छानबिन गर्न ताकिता गरेका छन्। साथै रुसले युक्रेनको पूर्वी क्षेत्रमा क्रियाशील सशस्त्र शक्तिलाई हातहतियार ढुवानी बन्द गर्न पनि युरोपेली संघले आग्रह गरेको छ। यदि रुसले यस्तो आग्रहलाई अस्वीकार गरेमा युरोपेली संघले रुसमाथि नयाँ नाकाबन्दीको कदम चाल्ने चेतावनी पनि संघले दिएको छ।

             यसैबीच युरोपेली संघका लागि रुसी राजदूत भ्लादिमिर चिस्चोभले सम्बन्धित पक्षले उक्त विमान दुर्घटनालाई राजनीतिकरण नगर्ने आशा व्यक्त गर्दै युरोपेली संघले रुसमाथि आर्थिक नाकाबन्दी लगाउन खोज्नु एक व्यर्थको कदम हुने टिप्पणी गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ