फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाई-तिब्बत रेलमार्गको ल्हासा-सिगाचेसम्म विस्तार

(GMT+08:00) 2014-07-23 18:40:35

          ल्हासा-सिगाचे रेलमार्ग निर्माण निर्देशन कार्यालयले जनाएअनुसार, तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा र तिब्बतको दोस्रो ठूलो शहर सिगाचे जोड्ने ल्हासा-सिगाचे रेलमार्गको अनुमति कार्य 22 तारिख दिउँसो पूरा भएको छ। त्यसपछि उक्त रेलमार्गको बाँकी सुरक्षा मूल्यांकन गरिनेछ। सुरक्षाको मूल्याकंन पूरा भएपछि ल्हासा-सिगाचे रेलमार्ग प्रयोगमा आउने छ।

           ल्हासा-सिगाचे रेलमार्ग समुद्री सतहदेखि विश्वको सबैभन्दा अग्लो छिङहाई-तिब्बत रेलमार्गलाई लम्ब्याउने लाइन हो जसको निर्माण सन् 2010 देखि गरिएको हो। उक्त रेलमार्गको कुल लम्बाइ 253 किलोमिटर छ। उक्त रेलमार्ग संचालन भएपछि ल्हासादेखि सिगाचेसम्म दुई घण्टामा पुग्न सकिनेछ।

           ल्हासा-सिगाचे निर्माण निर्देशन कार्यालयका मुख्य ईन्जिनियर चाङ लि चुङ्गले ल्हासा-सिगाचे रेलमार्गको निर्माण भएपछि तिब्बतको दक्षिण-पश्चिमी भागको यातायात पूर्वाधार र लगानी वातावरण सुध्रने र आर्थिक तथा सामाजिक विकासले पनि गति लिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ