फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैभन्दा मिठो मध्यम बिटको स्वरकी धनी गायिका च्याङ्ग याङ्ग चो मा

(GMT+08:00) 2015-03-26 14:29:28

        तिब्बती जातिका गायिका च्याङ्ग याङ्ग चो माको जन्म सन् 1984 मा स छ्वान प्रान्तीय कान च तिब्बती जातीय प्रशासनिक क्षेत्रको द क जिल्लामा भएको थियो। उनी एक सामान्य तिब्बती जातीय किसान परिवारमा हुर्केकी हुन्। जन्मथलोको जातीय सँस्कृतिको प्रभावमा उनमा सानो उमेरदेखि नै नाचगानप्रति गहिरो छाप परेको छ।

        च्याङ्ग याङ्ग चो मालाई तिब्बती जातिको परम्परा मन पर्छ। सन् 2009देखि च्याङ्ग याङ्ग चो माले "सि हाई प्रेम गीत", "सुनौलो घाँसेमैदान", "चीनको आवाज", "सबैभन्दा मीठो मध्यम बिटको स्वरकी धनी" आदि आठ वटा गीति संग्रह निकालिसकेकी छन्।

       "मैले गाएको पहिलो गीत "सुखमय मैनबत्ति"बोलको गीत हो। त्यस अवधिमा मेरी ममतामयी आमाको निधन भएको थियो। त्यसमा मैले मेरी आमा सम्झेकी छु। मैले एक जना गीतका रचनाकारलाई खोजिरहेकी छु। ती रचनाकार आ चिन गुरु नै हुनुहुन्छ। मैले आ चिन गुरुलाई मलाई "सुखमय मैनबत्ति"बोलको गीत रच्न निमन्त्रणा गरेको छु। मैले उहाँसँग मेरो जीवन र आमाप्रति मेरो भावना भनेको छु। उहाँले यस बोलको गीत रच्नुभयो। मैले पहिलो पटक रेकर्डिङ गरेको गीत यसै बोलको गीत हो।"

       "सुखमय मैनबत्ति"बोलको गीतमा च्याङ्ग याङ्ग चो माले आमाको भावना व्यक्त गरेकी छिन्। वास्तवमा च्याङ्ग याङ्ग चो माले हरेक गीतमा आफ्नो भावना पोख्ने गरेकी छिन्। उनले खादा लिएर "घाँसेमैदानमा अतिथिको स्वागत" बोलको गीत गाउँदा आकाशकी परी जस्तै लाग्छिन्। च्याङ्ग याङ्ग चो माले आफ्नो भावनादेखि नै हरेक गीतहरु गाएकी छिन्। उनका गीतहरुमा सबै जनाले माया र शान्तिको अनुभव गर्नसक्छन्।

‌        च्याङ्ग याङ्ग चो मा स छ्वान प्रान्तीय कान च तिब्बती जातीय प्रशासनिक क्षेत्रको एक सानो जिल्लाबाट आएकी हुन्। जन्मथलो च्याङ्ग याङ्ग चो माले सधैं नै सम्झने ठाउँ हो। आफ्नो जन्मथलोबारे चर्चा गर्दा उनलाई गौरब लाग्छ।

       "मेरो जन्मथलो तिब्बत जातिका हीरो गेसार Gesar राजा जन्मेको ठाउँ हो। मेरो जन्मथलो निकै सुन्दर छ। मेरो जन्मथलो तिब्बत जातिको सँस्कृति सम्पूर्ण रुपमा संरक्षण गरिएको ठाउँ हो। तपाईंले तिब्बत जातिको परम्परागत वस्तु, तिब्बत जातिको सँस्कृति राम्रोसँग संरक्षण गरिएको ठाउँ हेर्ने हो भने मेरो जन्मथलो आउनुहोस्। मेरो जन्मथलो द क आउनुहोस्। तपाईंले मेरो जन्मथलो घुम्न जाने हो भने तपाईंलाई खुशी लाग्ने छ।"

         च्याङ्ग याङ्ग चो मा एक जना साधारण तिब्बत जातीय केटीबाट "सबैभन्दा मिठो मध्यम बिटको स्वरकी धनी गायिका" बनेकी छिन्। च्याङ्ग याङ्ग चो मा सफल भएकी छिन्। तिब्बत जातिका दर्शकहरुमा उनी लोकप्रिय छिन्। साथै उनी पनि अरु अल्पसंख्यक जातिका दर्शकहरुद्वारा मन पराइएकी छिन्। च्याङ्ग याङ्ग मो माले भनिन्

       "मेरो आजको सफलता र उपलब्धि तिब्बत जातिको सँस्कृतिसित सम्बन्धित छ। किनभने म तिब्बत जातिकी गायिका हुँ त्यसैले मेरो आजको सफलता छ। म तिब्बत जातिकी हुँ, मैले तिब्बत जातिको शैलीमार्फत मलाई मन पर्ने गीतहरु गाउने छु।"

जानकारी तथा लेखहरु