फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जहाजद्वारा काठमाडौँ भैरहवा हप्तामा 6 दिन उडान हुने

(GMT+08:00) 2014-07-28 19:14:52

        राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गर्ने भएको छ। निगमले यही बुधबारदेखि काठमाडौँ-भैरहवा-काठमाडौँ हप्तामा 6 दिन उडान भर्ने जनाएको अनलाइन खबरले उल्लेख गरेको छ।

        चीनले अनुदानमा दिएको 56 सिट क्षमताको मोडर्न आर्क 'एम-60' जहाजबाट निगमले भैरहवामा उडान थप गर्न लागेको हो। यसअघि निगमले भैरहवामा हप्ताको दुई दिन बुधबार र शनिबार मात्र उडान भर्दै आएको थियो। भैरहवामा हप्ताको एक दिन आइतबार बाहेक अन्य दिन नियमित उडान भर्ने निगमले कार्यतालिका बनाएको छ। भैरहवाबाट भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनी नजिकै रहेकाले त्यहाँ घुम्ने पर्यटकलाई पनि अब सुबिधा उपलब्ध हुने भएको छ।

       भैरहवाका लागि यात्रुहरुले नयाँ जहाजमा प्रतिव्यक्ति एयरपोर्ट ट्याक्ससहित 3 हजार 1 सय 45 रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो निगमको प्रवर्द्धनात्मक भाडा दर हो। केही समयपछि निगमले भाडादरमा परिमार्जन गर्ने जनाएको छ। निगमको जहाज काठमाडौंबाट विहान 11 बजे भैरहवाका लागि र अपरान्ह सवा 12 बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ।

 

जानकारी तथा लेखहरु
सुझाउ