फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कर्णाली प्राविधिक शिक्षालयमा अध्ययन गरेका 95 प्रतिशत रोजगारमा

(GMT+08:00) 2014-07-29 19:13:13

       कर्णाली प्राविधिक शिक्षालय जुम्लामा विभिन्न विधामा अध्ययन गरेका 95 प्रतिशत विद्यार्थीहरुले रोजगार पाएको शिक्षालयले जनाएको छ। कर्णाली क्षेत्रमा प्राबिधिक विषयमा अध्यायन हुने एकमात्र शिक्षालय भएको र कर्णालीमा र देशका अन्य भागमा प्राबिधिक शिक्षा अध्यायन गर्नेको माग बढी भएका कारणले 95 प्रतिशतले रोजगारी पाएको कारोबार अनलाइनले लेखेको छ।

        कर्णाली क्षेत्रमा रहेको एक मात्र सरकारी स्वामित्वमा संचालित कर्णाली प्राविधिक शिक्षालय बि.स. 2037 सालमा स्थापना भएको थियो। स्थापना भएको 34 बर्षमा त्यस शिक्षालयबाट 2 हजार 5 सय जनाले जे.टि.ए. सब–ओभरसियर, अनमी र अहेब अध्यायन गरेका र अध्यायन गरेका अधिंकाशले रोजगारी पाएको शिक्षालयका प्रमूख टेकेन्द्र थापाले जानकारी दिनुभयो।

         त्यहाँ अध्यायन गरेको 95 प्रतिशत विद्यार्थीहरुले रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेको पाईएको प्रमुख थापाले बताउनुभयो। 'कर्णालीमा प्राबिधिक अध्यायन गरेका दक्ष जनशत्तिको अभाव छ।' उहाँले भन्नुभयो,–' यहाँ अध्यायन गर्ने कसैले पनि बेरोजगार बस्नुपर्ने अवस्था छैन्।'

         शिक्षालयले कृषि, पशु, स्वास्थ्य तथा इन्जिनियरिङ सम्बन्धी मध्यमस्तरका जनशत्ति उत्पादन गर्दै आएको छ। शिक्षालयमा उत्पादित सिएमए र एएनएमका विद्यार्थीहरु कर्णाली अञ्चलका विभिन्न स्वास्थ्य चौकीका इन्चार्ज भएर काम चलाई बताउँदै प्रमुख थापाले कर्णाली अञ्चल तथा देश विकासको मेरुदण्डका रुपमा स्थापित भएको बताउनुभयो।

         वि.सं.2037 सालमा टीएसएलसी प्राबिधिक जनशत्ति उत्पादन गर्ने उद्देश्य अन्तर्गत सरकारले संचालनमा ल्याएको प्राविधिक शिक्षालय एसएससी अनुत्तीर्ण भएकाहरुका लागि अघि बढाइएको थियो।

         स्थापनाकालमा कर्णालीका 7 कक्षा उत्तीर्णलाई लागि आन्तरिक तालीम सञ्चालनबाट अघि बढाइएको शिक्षालयमा विद्यार्थीहरुलाई 4/5 वर्ष पढाएर टीएसएलसीको प्रमाणपत्र दिने गरेको थियो। अहिले भने स्नातक तहसम्मका प्राविधिक विषयहरु पढाइने गरेको शिक्षालयले जनाएको छ।

         वि.सं. 2045 सालमा प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद् सीटीईभीटीको स्थापना भएपछि देशभर स्थापना भएका अन्य 7 वटा प्राबिधिक शिक्षालयहरु मध्ये कर्णाली शिक्षालय पनि एक रहेको बताइन्छ। हालसम्म सीटीईभीटी अन्तर्गत आङगिक र निजी गरी देशभर 4 सय 10 संस्थामा टीएसएलसी कार्यक्रम अन्तर्गत प्राबिधिक शिक्षालय सञ्चालन भैरहेको छन्।

 

जानकारी तथा लेखहरु
सुझाउ