फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइन र इजरायलबीच युद्ध विराम भङ्ग

(GMT+08:00) 2014-07-29 19:13:43

        मध्यपूर्वको युद्धग्रस्त गाजा क्षेत्रमा नियन्त्रण गरिरहेको प्यालेष्टाइनी हमासले त्यसअघि इजरायलसँग गरेको युद्ध विराम हिजो जुलाई अठ्ठाईस तारिख दिउँसो भङ्ग गरेको छ। इजरायली सेनाको प्रहारमा दश जना प्यालेष्टाइन बालबालिकाको मृत्यु हुनुका साथै चालीस जना घाइते भएपछि प्यालेष्टाइनले युद्धबिराम भङ्ग गरेको हो।

          इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो सोमबार गाजा क्षेत्रमा लामो समयसम्म युद्ध आवश्यक रहेको बताउनु भएको छ। उहाँले इजरायली सर्वसाधारणहरुलाई सम्बोधन गर्दै सुरुङ ध्वस्त गर्दा ती व्यक्ति मारिएको भन्दै गाजा क्षेत्रका सबै सुरुङ ध्वस्त गरेपछि मात्र युद्ध रोक्न सकिने बताउनुभयो।

         फ्रान्सका राष्ट्रपति फ्रान्कोस होलेन्दले हिजै प्यालेष्टाइनी राष्ट्रपति अब्बाससँग टेलिफोन वार्ता गरी गाजा क्षेत्रका जनतालाई राहत स्वरुप फ्रान्सले प्यालेष्टाइनलाई आठ लाख युरो प्रदान गर्ने बताउनुभयो।

          हिजै संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले प्यालेष्टाइन र इजरायललाई इस्लामिक अल फित्र ईददेखि गाजा क्षेत्रमा युद्ध विराम गर्न आह्वान गर्नु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ