फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीद्बारा गाजा क्षेत्रमा युद्धविराम आह्वान

(GMT+08:00) 2014-07-29 19:14:06

       आज जुलाई उनान्तीस तारिख चीन भ्रमणमा रहनुभएका क्यानाडाका विदेश मन्त्री जोह्न बइर्डसँग भेट-वार्ताका अवसरमा चीनका परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन र इजरायल बीचको भिडन्तबारे चीनको अडान राख्नुभयो। परराष्ट्र मन्त्री वाङले हालसम्म गाजा क्षेत्रको भिडन्तमा लगभग एक हजार एक सय प्यालेष्टाइन जनताको हत्या भएको र थप छ हजार प्यालेष्टाइन जनता घाइते भएको बताउँदै पच्चास भन्दा बढी इजरायेलीको हत्या भएका औँल्याउनुभयो। उहाँले मुस्लिमको सबैभन्दा महत्वपूर्ण चाड अल फित्र ईदमा पनि युद्ध जारी रहेको बताउनुभयो। गाजा क्षेत्रमा धेरै सर्वसाधारणहरुको मृत्यु भएकोमा चीनले कडा निन्दा व्यक्त गरेको पनि परराष्ट्रमन्त्री वाङले बताउनुभयो।

       परराष्ट्र मन्त्री वाङले गाजा क्षेत्रको भिडन्तमा दुवै पक्षलाई तुरुन्तै युद्ध विराम गर्न आह्वान गर्नुभयो। उहाँले प्यालेष्टाइन र इजरायल बीचको भिडन्तको मूलकारण प्यालेष्टाइनको समस्या सम्मानजनक रुपमा तुरुन्तै समाधान गर्न नसकिने बताउनुभयो। प्यालेष्टाइन र इजरायलले शान्ति वार्तामार्फत मतभद हटाउनु पर्ने बताउँदै चीनले अन्तर्राष्ट्रिय समाजले प्यालेष्टाइन र इजरायललाई तुरुन्तै युद्धविराम गरेर शान्ति वार्ता गर्न सक्दो प्रयास गर्नुपर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ