फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिबियाको परिस्थिति दिन प्रतिदिन भयावह बन्दै

(GMT+08:00) 2014-07-29 19:14:31

         लिबिया सरकारी सेना र सरकार बिरोधी सशस्त्र समूह बीच भिडन्त भएका कारण हिजो जुलाई अठ्ठाईस तारिखमा लिबियाको राजधानी ट्रिपोलीको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्रमा आगो लागेको छ। आगो निभाउनका लागि लिबिया सरकारले अन्तर्राष्ट्रिय समाजसँग आह्वान गरेको छ।

         अमेरिकी एसोसिएट प्रेसका अनुसार, सो तेल भण्डारण केन्द्रमा छैसट्ठी लाख लिटर इन्धन रहेको छ। सो तेल भण्डारण केन्द्रमा लागेको आगोबाट मानवीय र वातारणीय क्षति हुने लिबिया सरकारले चेतावनी बताएको छ।

          लिबियाका लागि चीनका राजदूतबासले हिजो जुलाई अठ्ठाईस तारिखमा लिबियाको राजधानी ट्रिपोलीमा दिन प्रतिदिन समस्या चर्कँदै आएको परिस्थितिबारे लिबियामा रहेका चिनियाँहरुलाई ‌चीन फर्कन अनुरोध गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ