फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारका पुरातात्विक वस्तुको रेकर्ड कार्य सुरु

(GMT+08:00) 2014-07-29 19:14:54

        तिब्बती पोताला दरबार प्रशासन कार्यालयबाट प्राप्त समाचारअनुसार, पोताला दरबारस्थित चल पुरातात्विक वस्तुसम्बन्धी रेकर्ड कार्य हाल सुरु भएको छ। पोतला दरवारमा लगभग एक लाख पुरातात्विक वस्तु समावेश छन् र ती वस्तुको रेकर्ड कार्य दुई वर्षभित्र सम्पन्न हुने अनुमान छ।

          सन् 2013 को नभेम्बरमा तिब्बत स्वायत्त प्रदेशभरी चल पुरातात्विक वस्तुको सर्वेक्षण कार्य सुरु भएको थियो र तीन वर्षभित्र प्रदेशभरिका चल पुरातात्विक वस्तुको सूचना संकलन गर्ने योजना रहेको छ। पहिलाको सर्वेक्षणसँग फरक भनेको यस पटक आधुनिक सूचना प्रविधिको प्रयोग गरी चल पुरातात्विक वस्तु सूचना व्यवस्थापना गरिने र अरु सुधार गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ