फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राज्यपरिषद सदस्य र भुटानका विदेशमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2014-07-29 19:15:18
        चीनको राज्य परिषदका सदस्य याङ च्ये छले हिजो जुलाई अठाइस तारिख पैचिङमा बाइसौँ चीन-भुटान सीमा वार्तामा उपस्थित हुनुभएका भुटानका विदेशमन्त्री रिनजिन दोर्जेसँग भेट गर्नुभयो।

         सो अवसरमा याङ च्ये छले चीन र भुटान परम्परागत छिमेकी मुलुक रहेको भन्दै चीन सरकारले भुटानसँग असल छिमेकी नीति चालिरहेको व्यक्त गर्नुभयो। चीनले भुटानसँग मिलेर उचित तथा व्यावहारिक, दुवै पक्षले स्वीकार गर्नसक्ने सीमा विषयको समाधान गर्ने कार्यक्रम छिटै सम्पन्न गरी दुई मुलुकबीच विभिन्न क्षेत्रका मैत्रीपूर्ण आदान-प्रदान र सहयोगलाई अघि बढाउने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

          प्रत्युत्तरमा रिनजिन दोर्जेले भुटानले चीनसँगको सम्बन्धमा निकै ध्यान दिनुका साथै चीनसँग मिलेर सीमा विषयको समाधान गरी दुई देशबीचको आदान-प्रदान र सहयोगलाई बढाउन प्रयास गर्ने बिचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ