फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न राष्ट्रमा पहिलो विश्व युद्ध सुरु भएको सयौँ स्मृति दिवस सम्पन्न

(GMT+08:00) 2014-07-29 19:15:46

      हिजो जुलाइ अठाइस तारिख पहिलो विश्व युद्ध सुरु भएको सयौँ स्मृति दिवसका उपलक्ष्यमा विश्वका विभिन्न मुलुकले कार्यक्रमको आयोजना गरेका छन्।

       सो अवसरमा सर्बियामा हिजो अठाइस तारिख पहिलो विश्व युद्धको साहित्य प्रदर्शनी गरिएको छ। त्यसमा पहिलो विश्व युद्धसम्बन्धी विभिन्न फाइल र तस्विरको प्रदर्शन भएका थिए। प्रदर्शनीमा राखिएका धेरै विषय पहिलो पटक सार्वजनिक गरिएका थिए।

        अस्ट्रियाका राष्ट्रपति फिसरले गत सत्ताइस तारिख साल्जबर्ग कला महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इतिहासबाट सिक्न युरोपेली मुलुकलाई आह्वान गर्नुभयो।

         न्युजिल्याण्ड सरकारले आफ्नो वेभसाइटमा पहिलो विश्व युद्धसम्बन्धी एक हजारभन्दा बढी तस्विर सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ