फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू वान चन-स्मार्टफोनको क्यामेराबाट काठमाण्डौँको सुन्दर दृष्य

(GMT+08:00) 2014-07-30 10:40:15

 

            नेपाल एउटा रमणीय दृष्य र दीर्घकालीन इतिहास बोकेको साँस्कृतिक मुलुक हो। यो पर्वतारोहीका लागि मात्र होइन फोटोग्राफरलाई पनि सबैभन्दा मनपर्ने मुलुक हो। त्यस्तै एक सामान्य फोटोग्राफर तथा सामान्य स्मार्टफोन मात्र बोकेकी चिनियाँ केटी ल्यू वान चनले पनि नेपालको यात्रामा धेरै सुन्दर फोटो खिचेकी छिन्।

            सत्ताईस वर्षिय ल्यू वान चनको शाङ्गहाईमा आफ्नो फोटो स्टुडियो पनि छ। तर उनी जटिल मशिन र डिजिटल प्रबन्धको प्रयोग गर्दिनन्। उनको विचारमा कुनै मशिनले आँखाका लागि क्षण भरको तस्विर मात्र दिन्छ। र फोटो खिच्न स्मार्टफोन प्रयोग गर्न मन पराउनुको कारणबारे बताउँछिन्।-

            अति सुन्दर मनोरम दृष्यको अवस्थामा परिवर्तन आइरहेको हुन्छ। त्यस दृष्य एक सेकन्डमा परिवर्तन हुन्छ। अति छोटो छ। यस छोटो समयमा तपाईँलाई व्यावसायिक मशिनको तयारी गर्न समय हुँदैन। मशिनको समायोजन गर्न पनि समय लाग्छ। हरेक दिन त्यस्ता मशिनको सदुपयोग गर्न सकिँदैन। स्मार्टफोनमा पनि त्यस्ता प्रविधि प्रयोग भएतापनि प्रयोग गर्न सकिँदैन। त्यसैले हरेक दिन असँख्य दृष्यावस्थाहरू कैद गर्न पाइँदैन।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ