फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा क्याथोलिक चर्च!

(GMT+08:00) 2015-04-05 16:03:49

       तिब्बतबारे चर्चा गर्दा सबैलाई तिब्बती बौद्ध धर्मको याद आउँछ। हजुर, तिब्बती बौद्ध धर्म नै तिब्बतीहरुको मुख्य धर्म हो। तर थोरैलाई थाहा छ होला, तिब्बतको पूर्व ढोकाको रुपमा मानिएको छाङ तु क्षेत्रको शाङ येन चिन गाउँमा तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायको समृद्धि विकास भइरहेको मात्र नभई तिब्बतभरि एक मात्र क्याथोलिक चर्च पनि अवस्थित छ। सो क्षेत्रमा सयौँ जना क्याथोलिक बसेका छन्। त्यहाँ विभिन्न धर्मसँग साढे एक शताब्दीसम्म मेलमिलापयुक्त रुपमा बसिरहेका छन्। अब हामी छाङ तुको येन चिन क्याथोलिक चर्चको विशेष संस्कृतिको अनुभव लिन जाऔँ।

       नं 214 राजमार्गको छेऊमा छाङ तु क्षेत्रको माङ खाङ जिल्लाको ना सी टाउन्सीपको शाङ येन चिन गाउँ पर्दछ। येन चिन क्याथोलिक चर्च त्यहाँ अवस्थित छ। त्यहाँ पश्चिमी र तिब्बती वास्तुकलाको राम्रो समिश्रण छ। भित्रबाट हेर्दा विशिष्ट गोथिक शैलीको ठूलो तथा अग्लो गुम्बज देखिन्छ र सिलिङमा बाइबलसम्बन्धी भित्ते चित्र रहेको छ। यसलाई बाहिरबाट हेर्दा सामान्य तिब्बती घर जस्तो देखिन्छ। यस्तो मिलेको शैली देख्ता जो सुकैलाई पनि धेरै जिज्ञासा लाग्छ। तिब्बती बौद्ध धर्मको संस्कृति यति समृद्धि भएको क्षेत्रमा विदेशी धर्मको रुपमा रहेको क्याथोलिक चर्च कसरी तिब्बतमा निर्माण र विकास भयो? येन चिन क्याथोलिक धर्म प्रशासन समितिका प्रमुख लुरनदीले यस बारे बताउनुहुन्छ

      यो चर्चलाई सन् 1865 देखि 1930 सम्म फ्रान्सको प्यारिस मिसनले स्थापना गरी व्यवस्थापन गरेको थियो। सन् 1930 देखि 1949 सम्म फ्रान्सेली मिसनले स्वीजल्याण्ड मिसनलाई हस्तान्तरण गर्‍यो र उनीहरुले व्यवस्थापना गरे। यसरी नै स्थापनादेखि सन् 1949 सम्म येन चिन क्याथोलिक चर्च विदेशी मिसनरीको व्यवस्थापनमा सञ्चालित थियो। सन् 1949 मा यो चर्चलाई खारेज गरियो। अनि सन् 1982 पछि पुनःसुरु भयो। हाल शाङ येन चिन गाउँका छ सय पचासभन्दा बढी क्याथोलिक धर्मावलम्बीहरु छन्। तिनीहरुमध्ये धेरैजसो तिब्बती हुन् साथै ना सी जाति र हान जातिका मानिस पनि छन्।

       कूल जनसंख्या आठ सयभन्दा बढी पुगेको शाङ येन चिन गाउँमा क्याथोलिकको अनुपात असी प्रतिशतभन्दा बढी छ। साथै त्यहाँ केही तिब्बती बौद्ध धर्मावलम्बीहरु पनि बस्छन्। तर त्यसले उनीहरुलाई एउटै गाउँ, अझै कहाँसम्म भने एउटै घरमा मेलमिलापयुक्त रुपमा बस्नका लागि कुनै पनि प्रभाव पारेको छैन। लुरनदी भन्नुहुन्छ

       गाउँमा तिब्बती बौद्ध धर्मावलम्बीहरु पनि छन्, क्याथोलिकहरु पनि छन्। आश्चर्यपूर्ण भएको कुरा भनेको एकै परिवारमा दुवै धर्म मान्ने मानिस पनि छन्। उनीहरु निकै मेलमिलापयुक्त रुपमा बस्छन्। पहिला त क्याथोलिक विदेशबाट आएको धर्म भएकोले विभिन्न धर्मसँग द्वन्द्व थियो। तर अहिले सबैको विचार खुला भयो, पार्टीको धार्मिक नीति पनि राम्रो भयो, दुईवटा धर्मका अनुयायीहरु मेलमिलापयुक्त रुपमा बस्नसक्ने मात्र नभई एकै परिवारका दुई धर्मका धर्मावलम्बीबीच पनि मेलमिलापयुक्त रुपमा बस्न सक्छन्। अलगै धार्मिक जीवन बिताउँछन्। उनीहरु एकआपसमा हस्ताक्षेप गर्दैन।

       लुरनदीका अनुसार, एक परिवारमा दुई किसिमका धर्म मान्न केही असुविधा हुन्छ, तर परिवारको मेलमिलाप र स्थिरतामाथि प्रभाव परेको छैन। मतभेद भएमा सल्लाह गरी समाधान गरिन्छ, परिवारका हरेक जनाले अरुको धर्ममाथि हस्ताक्षेप गर्दैनन्। उहाँ भन्नुहुन्छ

       एक परिवारमा दुई किसिमका धर्म मान्न दैनिक जीवनमा धेरै असुविधा हुनसक्छ। उदाहरणका लागि बौद्ध धर्ममा भाग्यमाथि विश्वास गरिन्छ भने क्याथोलिकहरुले भाग्यमाथि विश्वास गर्दैनन्। यसरी हेर्दा दैनिक जीवनको सानो कुरामा मात्र मतभेद देखिन्छ, तर ठूलो कुरामा मतभेद छैन। क्याथोलिक परिवारले विवाह गर्न चर्चमा जान्छन् भने बौद्ध धर्म परिवारबीच विवाहअघि दुई परिवारले सल्लाह गर्नुपर्छ। एउटै धर्म मान्ने सहमति भएपछि विवाह हुन्छ। यदि एउटै धर्म नमान्ने भएमा आफ्नो स्वतन्त्रता अनुसार धर्म छान्न सकिन्छ।

       पच्पन्न वर्षका दायी शाङ येन चिन गाउँका गाउँले हुनुहुन्छ। उहाँले क्याथोलिक धर्म मान्नुहुन्छ, तर उहाँकी श्रीमतिले तिब्बती बौद्ध धर्म मान्नुहुन्छ। दायीको घरको हलमा जिसस र शाक्यामुनिको तस्विर सँगै राखिएको छ। उहाँका दुई बच्चा छन्। परिवारका चार जनाले फरक धर्म मान्छन् तर पनि उहाँहरुको परिवारमा मेलमिलापपूर्ण वातावरण छ। दायी भन्नुहुन्छ

       बौद्ध धर्मको कार्यक्रममा हामीले पनि भाग लिन्छौँ, क्याथोलिकको कार्यक्रम भयो भने बौद्ध धर्मावलम्बीलाई पनि निमन्त्रणा गरिन्छ। आपसबीचमा कुनै द्वन्द्व छैन। मेरा दुई बच्चा आफैँले क्याथोलिक धर्म छानेका छन्। उनीहरु हाल ल्हासाको स्कुलमा अध्ययनरत् छन् र बौद्ध धर्म मान्ने अरु विद्यार्थीसँग बस्न, सिक्न कुनै पनि असुविधा छैन।

       क्रिस्मसलगायत परम्परागत क्याथोलिक चाड-पर्व हुँदा शाङ येन चिन गाउँमा क्रिस्मस ट्री र सान्ता क्लज प्राप्त हुँदैन। क्रिस्मस मनाउनका लागि चर्चले पनि स्थानीय बौद्ध धर्मावलम्बीलाई निमन्त्रणा गर्छ। साथै बौद्ध धर्मको परम्परागत चाड-पर्व हुँदा क्याथोलिकहरुलाई निमन्त्रणा गरिन्छ र मिलेर चाडपर्व मनाइन्छ।

जानकारी तथा लेखहरु