फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ तु क्षेत्रको "चोक नृत्य"बाट सँस्कृतिको "गतिशील संरक्षण"-1

(GMT+08:00) 2015-04-12 16:41:28

      हरेक बेलुका ठ्याकै आठ बजे तिब्बतको छाङ तु क्षेत्रको मुक्ति चोकमा मीठो गीत घन्कन्छ। गीत बज्न थालेपछि स्थानीयहरु विभिन्न क्षेत्रबाट चोकमा भेला हुन्छन्। अनि चोकमा सबैले खुशीका साथ स्थानीय परम्परागत नाचगान सुरु गर्छन्। फराकिलो चोकमा भेला भएर सबैले भाग लिनसक्ने कार्यक्रम भएकाले छाङ तु क्वो च्वाङ, माङ खाङ स्येन च, तिङ छिङ रबा यी छाङ तु क्षेत्रका तीनटा राष्ट्रिय स्तरीय अमूर्त संस्कृति सम्पदालाई "गतिशील संरक्षण" बनाइएको छ।

      हरेक बेलुका आठ बजे, तिब्बतको छाङ तु क्षेत्रको मुक्ति चोकमा मीठो गीत बजाइन्छ। सयौँ सर्वसाधारणहरु शहरका विभिन्न क्षेत्रबाट चोकमा भेला भएर सँगसँगै खुशीका साथ नाचगान गर्छन्। तोछ एक जना सेवा निवृत्त व्यक्ति हुनुहुन्छ। 58 वर्षको उमेर पुगेका तोछले हरेक बेलुका परिवारका अरु सदस्यसँग मुक्ति चोकमा गएर नाच्नुहुन्छ। यस्तो समूह नृत्यका रुपमा रहेको "चोकनृत्य"बाट उहाँलाई धेरै स्वस्थ्यलाभ भएको छ। उहाँ भन्नुहुन्छ

       पहिला यो चोक थिएन, अब निर्माण भएर खुला भयो, पुरुष-महिला, बृद्धवृद्धा सबैजना भेला भएर यहाँ नाच्छन्। यसो गर्दा सबैलाई रमाइलो लाग्छ। म प्रायः आउँछु। पहिला धेरै मोटो थिएँ, अब डुब्लो भएँ अनि धेरै स्वस्थ पनि भएँ। अझै धेरै स्थानीय व्यक्तिहरु यहाँ आएर नाच्ने मेरो आशा छ। साथै बच्चाले पनि आएर तिब्बती परम्परागत क्वो च्वाङ, स्येन च, रबा यी तीनटा मुख्य नाचलाई "चोकनृत्य"मार्फत विकास गर्ने पनि मेरो आशा छ।

       यदि तपाईँले यस्तो "चोक नृत्य"मा बुढा-बुढीले मात्र भाग लिने विचार लिएमा गलत हुनेछ। 23 वर्षे छरनचोगा सहरी क्षेत्रमा कामदार हुनुहुन्छ। दिनमा भारी कार्य गरे पनि हरेक बेलुका आठ बजे उहाँ पनि मुक्ति चोकमा पुगेर सबैसँग नाच्नुहुन्छ।

       यस्तो कार्यक्रम राम्रो छ। म आफूलाई पनि क्वो च्वाङ, स्येन च नाच्न मन पर्छ। धेरैले यहाँ भेला भएर नाच्छन्, निकै रामाइलो हुन्छ। हरेक दिन नाच्नु नै स्वास्थ्यको लागि फाइदा छ। म आफूलाई पनि मन पर्छ। परिवार र साथीहरुले पनि प्रायः यहाँ नाच्छन्।

       तोछ र छरनचोगा जस्तो छाङ तु क्षेत्रका नर्तकहरु अरु पनि छन्। उहाँहरुको उत्साह सबैका लागि अप्रत्याशित छ। छाङ तु क्षेत्रको संस्कृति विभागका प्रमुख लोसुङनिमा भन्नुहुन्छ

       गत वर्षको अगष्टको अन्तमा छाङ तु मुक्ति चोक खुला भएयता हरेक बेलुका आठ बजे स्थानीय बासिन्दाले स्वतःस्फूर्त रुपमा यहाँ भेला भएर छाङ तु क्वो च्वाङ, माङ खाङ स्येन च, तिङ छिङ रबा तीन प्रकारका नृत्य गर्छन्। सुरुमा हामी सँस्कृति विभागले निर्देशन दिन केही गुरु पठायौँ । तर हामीले सोचेका थिएनौँ सर्वसाधारणको उत्साह यति उच्च हुन्छ भनेर। सामान्य समयमा पाँच छ सय जना चोकमा भेला हुन्छन्। अनि शनिबार आइतबार चाहिँ हजार जना पुग्छन्। गत हिउँदे ऋतुमा माइनस पन्ध्र डिग्री तापक्रम हुँदा पनि यत्रो मान्छे आउँथे। त्यसपछि संस्कृति विभागले नियमित रुपमा नयाँ गीत बजाउने र नयाँ नाच सिकाउने कार्य सुरु गरेको छ। त्यहाँ प्रशिक्षकलाई पनि पठाउने गरेको छ।

जानकारी तथा लेखहरु