फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वर्गजस्तै सुन्दर पाँचपोखरी

(GMT+08:00) 2015-05-24 14:44:51

       वरिपरि दुबोले घेरिएको चौरीको वीचमा नीलो ताल। त्यही पनि एउटा मात्रै होईन, पाँचवटा। एउटा ताल निकै ठूलो र अन्य अलि साना तालहरु। सिन्धुपाल्चोक जिल्लामा अवस्थित भोटाड गाविस 1 मा समुद्री सतहबाट करीव 4 हजार 60 मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ।

       काठमाण्डौका लागि खानेपानी उपलब्ध गराउने मेलम्ची योजनाका रुपले प्रख्यात रहेको मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ पाँचपोखरी। काठमाण्डौदेखि मेलम्चीसमम्मको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा। मेलम्चीदेखि पहिलो दिनको बास बस्नका लागि भोटाड पुगिन्छ। भोटाडसम्मको यात्राका लागि बाटोको अवस्था र बाटाको खानपिनका समेत राम्रो व्यवयस्था रहेको छ। तर, दोस्रो दिन भोटाडदेखि जंगलै जंगलको बाटो हुँदै बास बस्नका लागि राम्रो व्यवस्था रहेको छैन। वीचवीचमा गोठ तथा छाप्राहरु भेटिन्छन्।

       तर, समुद्र सतहबाट 32 सय मिटरमा अवस्थित टपखर्कमा बास बस्ने सामान्य व्यवस्था रहेको छ। यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ। पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइन्छ। पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइ-धुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ।

        पाँचपोखरी रहेको स्थलबाट करिव एकघण्टाको ठाडो उकालो पश्चात त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ। सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

        उचित प्रचार-प्रसार नभएका कारण यो क्षेत्रमा पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन। विशेष गरी पाँचपोखरीमा जनै पूणिर्माको अघिल्लो दिन र मंसिर महिनाको पूणिर्माका दिन विशेष मेला लाग्ने गर्छ। यो मेला भर्नका लागि भक्तपुर र काभ्रेबाट उल्लेखनीयरुपमा सहभागी हुने गर्दछन्।

       जति हेर्‍यो, उति हेरौं लाग्ने धौलागिरी छायाँ !

       आँखै अगाडि विश्वको सातौं अग्लो धौलागिरी हिमाल हेर्दा कसको पो मन नरमाउला? तपाई एकचोटि यो ठाउँमा पुग्नुभयो भने हत्पति फर्केर आउन मन लाग्दैन।

       धौलागिरी हिमाल हेर्नका लागि म्याग्दीको पुनहिल सबैभन्दा उपयुक्त स्थान हो। घोरेपानीबाट आधा घण्टाको उकालोपश्चात पुग्न सकिने पुनहिलबाट देखिने धौलागिरी हिमश्रृखला यति मनमोहक छ कि यसलाई शब्दले व्याख्या गर्ने सकिँदैन।

       नेपालमा पदयात्राका लागि आउने पर्यटकहरुको रोजाइको उत्कृष्ट दश स्थानभित्र पुनहिल पदयात्रासमेत पर्दछ। पुनहिल पदयात्राका दुईवटा विकल्प छन्। एउटा पुनहिलसम्म पदयात्रा मात्रै र अर्कोचाँहि पुनहिल हुँदै अन्नपूर्ण हिमालको आधार शिविरसम्मै यात्रा गर्न पनि सकिन्छ।

      पोखरादेखि पुनहिल हुँदै फेरि पोखरा फर्कनका लागि पाँच दिन समय लाग्छ। पोखरादेखि पहिलो दिन तीखे ढुंगा, दोस्रो दिन घोरेपानी र तेस्रो दिन घोरपानीमा सूर्य उदाएको दृश्य अवलोकन गर्न पुनहिल टावर पुगिन्छ र पुनहिलबाट पुनः घोरेपानी फर्केर टाडापानीमा बास बस्न पुगिन्छ। त्यस्तै चौथो दिन घान्द्रुक र पाँचौं दिन पोखरा फर्कन सकिन्छ।

      पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण आधार शिविर पुगेर पुनः पोखरा आउनलाई 11 दिनको पदयात्रा गर्नुपर्ने हुन्छ।

जानकारी तथा लेखहरु