|
|
|
||
मकाउ साँस्कृतिक व्यूरोद्वारा आयोजना गरिने 28औं मकाउ अन्तर्राष्ट्रिय संगीत महोत्सव चालू वर्ष अक्टोबर तीन तारिखदेखि नोभेम्बर एक तारिखसम्म आयोजना हुने भएको छ। धेरै मुलुकहरु, चीनको मुख्यभूमि, थाइवान, हंगकंग र मकाउका उत्कृष्ट वाद्यवादकहरु र वादन मण्डलहरु 28औं मकाउ अन्तर्राष्ट्रिय संगीत महोत्सवमा सहभागी हुने छन्। त्यस अवधिमा दर्शकहरुले नौ प्रकारका पच्चीस वटा अभिनय र छब्बीस वटा साँस्कृतिक कार्यक्रम देख्नपाउने छन्।
यसै पल्ट मकाउ अन्तर्राष्ट्रिय संगीत महोत्सवमा अमेरिका, बेलायत, क्यानाडा, रुस, पोर्चुगल, इटाली, अर्जेन्टिना, पोल्याण्ड, चीनको मुख्यभूमि, हंगहंग, मकाउ र थाइवानका उत्कृष्ट वादकहरु र वादन मण्डलहरुले दर्शकहरुलाई उत्कृष्ट साँगितिक प्रस्तुति दिने भएका छन्। मकाउको साँस्कृतिक व्यूरोका प्रमुख ऊ वै मिङ्गले संगीत महोत्सवले नागरिकहरुलाई आध्यात्मिक अनुभूति दिलाउने कुरा बताएका छन्
"28 वर्षको अन्तरालपछि हुने संगीत महोत्सवले नागरिकको कला स्तरलाई माथि उकासेको हल, मकाउको शहरीय छबि प्रतिविम्वित झ्याल, विश्वसितको साँस्कृतिक आदान-प्रदान प्रवर्द्धनको चौतारो बनेको छ। यस पटकको संगीत महोत्सवले विदेशी र स्वदेशी प्रसिद्ध कला मण्डल र कलाकारलाई महत्व दिनुका साथै संगीत शैलीमा महत्व दिएको छ।"
हरेक वर्ष आयोजना हुँदै आएको मकाउ अन्तर्राष्ट्रिय सांगितिक महोत्सवको ओपेरा कार्यक्रमको अपेक्षा गरिएको छ। इटाली ट्यूरिन शाही नाटकघरद्वारा मञ्चन गरिने "नोर्मा"नामक नाटक चालू वर्षको संगीत महोत्सवको उद्घाटन समारोहमा देखाइनेछ। "हेयरस्प्रे"नामक सांगितिक नाटक समापन समारोहमा मञ्चन गरिनेछ। विश्वको प्रसिद्ध वादन मण्डल रुसको सेन्ट पिटर्सवर्ग प्राज्ञिक फिलहार्मोनिकले मकाउ अन्तर्राष्ट्रिय संगीत महोत्सवमा दर्शकहरुसमक्ष आफ्नो कला प्रस्तुती देखाउनेछ।
चालू वर्षको संगीत महोत्सवमा मकाउका संगीतकारहरुले पनि अभिनय गर्ने छन्। मकाउ वादन मण्डलले हंगकंगका प्रसिद्ध गायक लिन च स्याङ्गसँग लोक गीत र पप गीतको मिश्रित कार्यक्रम उपलब्ध गराउने छ। मकाउको सँस्कृति व्यूरोका उप प्रमुख ल्याङ्ग स्याउ मिङ्गले भने
"यस संगीत महोत्सव मकाउद्वारा स्थापना गरिएको एक राम्रो महोत्सव हो। कला क्षेत्रमा यस संगीत महोत्सवको गम्भीर मापदण्ड छ। यस संगीत महोत्सवले स्थानीय युवा कलाकारलाई हुर्काउने, छोटो समयमा स्थानीय कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न घच्घ्याउने आशा हामीले लिएका छौं।"
यस पटकको मकाउ अन्तर्राष्ट्रिय संगीत महोत्सवले नौ किसिमका जम्मा छब्बीस वटा कार्यक्रमको आयोजना गर्ने छ। मकाउको सँस्कृति व्यूरोका प्रमुख ऊ वै मिङ्गले भने
"गोष्ठी, अधिमूल्यन कक्षाआदि विविध कार्यक्रमहरुमार्फत साँगितिक ज्ञानलाई सामुदायिक ठाउँ, विद्यालय र अझै टाढा सम्म फैलाइनेछ।"
यस पटकको संगीत महोत्सवको अवधिमा मकाउका प्रसिद्ध पूरातात्विक वस्तुहरुमध्येको एक ता फाउ थाइमा पप संगीत कार्यक्रमहरु आयोजना गरिने छ। अमेरिकी प्रसिद्ध गायिका लाउरी एन्डरसनले आफ्नो पछिल्लो गीत लिएर फ्यानहरुलाई उत्कृष्ट गायकी पस्किनेछिन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |