फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई नेपाली सेवाको केही फ्रिक्वेन्सीमा प्रसारण अवरुद्ध हुने

(GMT+08:00) 2014-08-12 16:54:12

         नेपाली समयनुसार, सेप्टम्बर महिनाको एघार तारिख बिहानको छ बजेर पैंतालिस मिनेटदेखि सेप्टम्बर बीस तारिख रातीको नौ बजेर पैंतालिस मिनेटसम्म प्राविधिक प्रबन्धको मर्मत सम्भार गर्ने भएकोले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। तसर्थ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रम बेलुकी सात बजेर पैंतालिस मिनेटदेखि आठ बजेर पैंतालिस मिनेटसम्म सात हजार चार सय पन्ध्र फ्रिक्वेन्सीमा र सात हजार दुई सय पचास फ्रिक्वेन्सीमा रातीको आठ बजेर पैंतालिस मिनेटदेखि नौ बजेर पैंतालिस मिनेटसम्म प्रसारण गर्न असमर्थ छौं। यसबाट श्रोतावर्गमा पर्नगएको असुविधाप्रति क्षमायाचना माग्दछौं।

          साथै 1188, 7435 तथा 1269 र 7215फ्रिक्वेन्सीमा प्रसारण हुँदै आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रम यथावत रुपमा सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु