फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अल्पसंख्यक जाति यु कु जाति

(GMT+08:00) 2015-06-12 09:30:44

        हाम्रा सम्वाददाताले कान सु प्रान्तीय सु नान जिल्लास्थित यु कु जातिको गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षण तथा निरन्तरता केन्द्रमा उक्त गीत सुनेका हुन्। बालबालिकाहरुले गाएको गीतको अर्थ बुझिदैन तर सम्वाददाता गीतबाट देखाइएको ऐतिहासिक भावनाद्वारा आकर्षित भएका छन्। वास्तवमा यु कु जातिका बालबालिकाहरुले यु कु जातिको लोक गीत गाउँदैआएका छन्।

        यु कु जाति चीनका छपन्न वटा अल्पसंख्यक जातिमध्येको एक हो। हालसम्म यु कु जातिको तेह्र हजार जनसंख्या छ। मुख्यतः कान सु प्रान्तीय सु जिल्ला र च्यू छिउआन शहरमा यु कु जातिको बाहुल्यता छ। यु कु जाति युगौं युगले कान सु प्रान्तमा बसोबास गरेका अल्पसंख्यक जातिहरुमध्येको एक हो। यु कु जातिको दीर्घकालीन इतिहास र पशुपालन सँस्कृति छ। यु कु जातिको लिपी नभएको तर भाषा मात्र निरन्तर अस्तित्वमा छ। यु कु जातिको सँस्कृति बोलीचालीबाट निरन्तर चल्दै आएको हो। युगको विकास, उत्पादन र जीवन तरीकामा परिवर्तन भएका कारण यु कु जातिको भाषा लोप हुने सम्भावना छ। सन् 2010 मा चिनियाँ राष्ट्रिय जातीय मामिला परिषदले यु कु जातिको भाषालाई "लोपोन्मुख नौ वटा अल्पसंख्यक जातिको भाषा" मध्येको एकमा समेटेको थियो। उक्त पुरानो भाषा लोप हुन नदिनका लागि सरकारले अनेकौं कदमहरु चालेको छ। लोक गीतमार्फत यु कु जातिको भाषालाई निरन्तर दिने प्रयासमध्येको एक महत्वपूर्ण कदम हो।  

        चालू वर्ष बहत्तर वर्षीय बृद्धा तु स्यू लान र आफूभन्दा तीन वर्ष जेठी दिदी तु स्यू यिङ्गले सानो उमेरदेखि बुबासँग यु कु जातिको लोक गीत सिक्नुभएको थियो। उहाँका बुबा एकजना लोक गायक हुनुहुन्छ। उनीहरुका बुबाले काम गर्दै लोक गीत गाउने गर्दथे। केही वर्षअगाडि यी दुई बृद्धा राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाका उत्तारधिकारीमा मूल्यांकन गरिए। सु नान जिल्लाको सँस्कृति तथा रेडियो व्यूरोका अधिकारी चुङ्ग लिले जानकारी दिएअनुसार, राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाका उत्तराधिकारीको हैसियतमा यी दुबै जना बृद्धाले धेरै काम गरिरहेका छन्।

      "उनीहरुले शिक्षार्थीलाई सिकाउनुपर्छ। उनीहरु पनि अभिनय कार्यक्रममा सहभागी हुनुपर्छ। विभिन्न गाउँ र सारा जिल्लामा आयोजित रितिरिवाज समारोहमा उनी सक्रियताका साथ सहभागी हुनुपर्छ। उनीहरुले यु कु जातिको लोक गीतलाई निरन्तरता दिनुपर्छ।"

        यी दुबै जना बृद्धाले शिक्षार्थीलाई लोक गीत सिकाउनुका साथै बालबालिकाहरुलाई यु कु जातिको लोक गीत सिकाइरहेका छन्। "व्हा अर तो तो-सु नानको अल्पसंख्यक जातीय सामुहिक बालगायन मण्डली" लान चौ विश्वविद्यालयको हितकल्याण सामूहिक संगठनले सन् 2010देखि हरेक गृष्म विदा अवधिमा सु नान जिल्लामा यु कु जातीय लोक गीतको शिक्षण कक्षाको आयोजना गर्ने गर्दछ।

        एघार वर्षीय केटी चाङ्ग सिन यु यु कु जातीय लोक गीतको प्रशिक्षण कक्षामा सहभागी भएको चालू वर्ष तेस्रो वर्ष हो। उनकी आमा काममा व्यस्त हुने भएका कारण आमाले यु कु जातिको भाषा सिकाउन अप्ठ्यारो छ। शिक्षण कक्षामा उनले यु कु जातिका धेरै शब्दहरु सिकेकी छिन् र साथीहरुसँग यु कु जातिका धेरै लोक गीतहरु सिकेकी छिन्। उनको यु कु जातीय भाषाको नाम पनि छ।

      "मेरो यु कु जातीय भाषाको नाम छ। मेरो नाम आ ल माङ्ग छो हो। यु कु जातीय भाषामा मेरो नामको अर्थ सेतो राजहाँस भन्ने हो।"

       उनले भनिन्-अरु शिक्षण कक्षाहरुको तुलनामा उनलाई लोक गीतको शिक्षण कक्षा मन पर्छ। विरामी हुँदा पनि उनी उक्त शिक्षण कक्षा आएकी छिन्। उक्त शिक्षण कक्षामा सहभागी भएको कारणबारे चर्चा गर्दा चाङ्ग सिन युनले भनिन्

      "किनभने उक्त शिक्षण कक्षाको सहभागिताले यु कु जातिको सँस्कृतिलाई निरन्तरता दिनसक्छ र यु कु जातिको भाषा हराउन नदिनका लागि एक माध्यम बन्नसक्छ।"

       एक सामान्य कारणले सानी केटी चाङ्ग सिन यु, बृद्धा चाङ्ग स्यू यिङ्ग र चाङ्ग स्यू लानजस्तै यु कु जातिका मानिसहरुले जातीय भाषा र सँस्कृतिको ऐतिहासिक दायित्व स्वयं वहन गराएका छन्। उनीहरुले सरकार र लोक संगठनको समर्थन र सहयोगमा विभिन्न तरीकामार्फत सुन्दर सु नान घाँसेमैदानमा यु कु जातिको पुरानो लोक गीतलाई निरन्तरता दिइरहेका छन्।

जानकारी तथा लेखहरु