फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक दर्शकरहित संगीत गोष्ठी

(GMT+08:00) 2015-06-27 10:23:37

       इजरेल र गाजा क्षेत्रको सैनिक भिडन्तबाट धेरै जनाको हताहती हुनुका साथै नागरिकको दैनिक जीवन र साँस्कृतिक गतिविधिमा गम्भीर प्रभाव परेको छ। अन्तरसंघर्ष चर्किएका महिनायता इजरेलमा आयोजित धेरै साँस्कृतिक कार्यक्रमहरु रद्द गरिएका छन्। तर यस्तो कठीन स्थितिमा पनि केही कलाकारहरुले आफ्नो प्रयासमार्फत् इजरेल र गाजा क्षेत्रका सर्वसाधारणहरुलगायत सबै जनालाई शान्ति र आशा दिलाएका छन्। स्थानीय समय अनुसार अगष्ट दश तारिख विहान सबेरै दक्षिणी इजरेलको मासादामा सूर्योदय संगीत गोष्ठी आयोजित भयो।

       मृत सागरको नजिकैको मासादामा इजरेली गायक डेभिड ब्रोजा  र उनका सहयात्रीहरुले एक दर्शकरहित संगीत गोष्ठीको आयोजना गरेका छन्। सन् 1993देखि ब्रोजाले हरेक वर्षको गृष्म ऋतुमा मासादामा उनको प्रसिद्ध "सूर्योदय"नामक संगीत गोष्ठीको आयोजना गर्दै आएका छन्। तर चालू वर्ष इजरेल र गाजा क्षेत्रको सैनिक भिडन्तका कारण उक्त निर्धारित योजना अवरुद्ध भएको छ।

       "हाल कुनै पनि ठूलो गतिविधि आयोजना हुनुहुँदैन, किनभने स्थानीय स्थिति सुरक्षित छैन। त्यसैले एकजना कलाकारको हैसियतमा मैले सबैभन्दा कठोर निर्णय गर्नुपरेको छु। मेरो कला जीवनको कार्यक्रम रद्द गर्नुपरेको यो पहिलो पटक हो। मलाई निकै दुःख लाग्यो।"

       अन्तमा ब्रोजाले कार्यक्रम गर्ने निर्णय गरेका छन्। विगत एकाईस वर्षजस्तै उनले गीतमार्फत उदाउँदो सूर्यलाई स्वागत गरेका छन्। तर यस पटकको प्रस्तुतीमा उनको कार्यक्रममा कुनै दर्शकको उपस्थिति थिएन। यस पटकको साङ्गितिक कार्यक्रम इन्टर्नेटमार्फत प्रत्यक्ष प्रसारण भएको हो।

       ब्रोजाले अमेरिकी गायक एवम ग्रेमी अवार्डका विजेता स्टिवन एर्लेलाई  प्रमुख अतिथिको हैसियतमा उक्त कन्सर्टमा सहभागिताका लागि निमन्त्रणा दिएका छन्।

      "मलाई थाहा छ, स्टिवन एर्ले आउन सक्नुहुन्छ। धेरै कलाकारहरुले उनीहरुको यात्रा रद्द गरेका छन्। तर एर्ले आउनुभयो। मेरो विचारमा मैले यस पटकको कार्यक्रम गर्नै पर्नेछ। साथै मैले "सूर्योदय"नामक संगीत गोष्ठीबारे दर्शकको स्मरण मेट्नुहुँदैन। हाम्रा सामु दर्शक बस्ने खाली सिटहरु छन् तर पनि आफ्नो प्रस्तुतीलाई निरन्तर गर्ने निर्णय गरेको छु।"

       यस्तो विशेष गायन कार्यक्रममा दुई जना कलाकारले एर्लेको "जेरुसेलम"बोलको गीत गाई शान्तिको प्रार्थना गरेका छन्।

       यस गीतमा "एक दिनमा जेरुसेलममा अब्राहमका बालबालिकाहरुले हातमा रहेको तरवारलाई त्याग्ने विश्वास मैले लिएको छु"भन्ने कुरा समावेश छ।

       इजरेल र गाजा क्षेत्रको सैनिक भिडन्त एक महिनाभन्दा बढी जारी रहेबाट धेरै जनाको हताहत भएको छ। ब्रोजाले बताएअनुसार, वर्तमान स्थितिप्रति उनलाई दुःख लागेको छ र यसबाट उनलाई गहिरो चिन्ता पनि लागेको छ। तर पनि उनले शान्तिको आशा त्यागेका छैनन्।

       "हामीले जैतुनको रुखमुनि जीवन बिताउने छौं। बालबालिकाहरु विना दुःख कष्ट हुर्कन पाउने छन्। कुनै पनि युद्धको स्थिति रहने छैन। सयौं वर्षपछि समाधिस्थलमाथिको प्रेम र शान्तिको घाँस हुर्कने छ।"

       आशा दिने गीतको साथसाथै सूर्य आकाशको क्षितिजमा उदाएको छ। गीत र मासादाको सुन्दर सूर्योदयले गीतमा गाइएको बोलजस्तै मानिसहरुलाई प्रोत्साहन र आशा दिने सबैको इच्छा छ।

जानकारी तथा लेखहरु