फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोशीमा पानीको बहाव बढेपछि खतरा सूचक रातो झन्डा गाडियो

(GMT+08:00) 2014-08-14 16:48:23

        अविरल वर्षाका कारण आज बिहीबार बिहान कोशी नदीमा पानीको बहाव 2 लाख 65 हजार 196 प्रतिसेकन्ड क्युसेक पुगेको छ। यो बहाव 2065 सालमा पूर्वी तटबन्ध फुट्दाको भन्दा बढी हो।

        नागरिक अनलाइनका अनुसार पानीको बहाव 2 लाख नाँघेपछि 34 ढोका खोलिएका छन्। कोशी ब्यारेजको पूर्व-पश्चिम दुवैतर्फ खतरा सूचक रातो झन्डा गाडिएको छ।

        कोशीमा 9 लाख क्युसेक प्रतिसेकेन्ड पानी धान्ने क्षमता भए पनि नेपालतर्फ पर्ने ब्यारेजको माथिल्लो भागमा बालुवा जमेका कारण थोरै पानीमै पनि खतरा हुने गरेको छ। 2065 भदौ 2 गते 1 लाख 68 प्रतिसेकेन्ड क्युसेक हुँदा पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर कोशीले सुनसरीका चार गाविसको मानव बस्ती ध्वस्त पारेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ