फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुष्प व्यवसाय प्रवर्द्धनका लागि सरकारद्वारा बजेट विनियोजन

(GMT+08:00) 2014-08-21 17:55:16

         सरकारले पहिलोपटक पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ। कृषि विकास मन्त्रालयले पुष्प उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र बजारीकरणका लागि पहिलोपटक चालू आर्थिक वर्षमा 4करोड रकम विनियोजन गरेको हो।

         मन्त्रालयका कृषि अर्थविज्ञ सुनिलकुमार सिंहले पुष्प प्रवर्द्धन नीतिअनुरुप पुष्प व्यवसाय प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको बताउनुभयो। फ्लोरिकल्चर एसोसियसन नेपालको 22 औं साधारणसभामा उनले यस क्षेत्रको विकासका लागि सरकारले थप बजेट तथा दीर्घकालीन कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो। मन्त्रालयले गत वर्षमात्र पुष्प प्रवर्द्धन नीति लागू गरेको कारोबार अनलाईनले लेखेको छ।

         कार्यक्रममा मन्त्रालयका सहसचिवसमेत रहेका व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का निर्देशक योगेन्द्रकुमार कार्कीले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, सौन्दर्य र स्वास्थ्यसँग फ्लोरिकल्चरको सम्बन्ध जोडिएकाले महत्वपूर्ण क्षेत्रको रूपमा यसलाई लिइएको बताउनुभयो।

        फ्यानका उपाध्यक्ष कुमार कसजु श्रेष्ठले देशभर 41 हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेको पुष्प व्यवसाय प्रवर्द्धनका लागि सबै पक्षको भूमिका रहनुपर्ने बताउनुभयो।

        एसोएसिनका अनुसार हाल 38 जिल्लाका 1 सय 37 हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ भने देशभर 6 सय 50 पुष्प फार्मले काम गरिरहेका छन्। गत वर्ष देशभर 1 अर्ब 15 करोड 57 लाख रकमबराबरको पुष्प किनबेच भएको एसोसिएसनको तथ्यांक छ।

जानकारी तथा लेखहरु
सुझाउ