फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेकका उच्च अधिकारीहरुको तेस्रो बैठक पैचिङ्गमा

(GMT+08:00) 2014-08-21 18:58:52

         एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका उच्च अधिकारीहरुको तेस्रो बैठक यही अगष्ट 20 तारिखदेखि 21 तारिखसम्म पैचिङ्गमा आयोजना भएको छ। उक्त उच्च अधिकारीहरुको बैठक चालू वर्ष एपेकका नेताहरुको शिखर सम्मेलन आयोजना हुनुअघि विभिन्न आर्थिक समूहका उच्च अधिकारीहरुको अन्तिम पूर्ण बैठक हो। उक्त बैठकको केन्द्रीय विषय आगामी नोभेम्बर महिनामा आयोजना एपेकका नेताहरुको अनौपचारिक शिखर सम्मेलनका लागि तयारी गर्नु हो। दुई दिने बैठकमा 21 सदस्य मुलुकका उच्च अधिकारीहरुले "भविश्यतर्फ उन्मुख हुने एशिया-प्रशान्त साझेदारी सम्बन्धको सिर्जना"भन्ने मुख्य विषय-वस्तुको पृष्ठभूमिमा क्षेत्रीय आर्थिक एकीकरण, अर्थतन्त्रको आविष्कार विकास, सुधार तथा बृद्धि, आधारभूत प्रबन्धको निर्माणआदि महत्वपूर्ण विषयहरुबारे छलफल गरेका छन्। साथै सहयोगात्मक प्रस्तावलाई व्यवहारमा उतार्दै शीर्ष नेताहरुको शिखर सम्मेलनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नका लागि तयारी गरेका छन्।

        चीनको राज्य परिषदका सदस्य याङ्ग चे छले उक्त बैठकको उदघाटन समारोहमा उपस्थित भै सम्बोधन गर्नुभयो। एपेकका उच्च अधिकारीहरुको बैठकका अध्यक्ष एवम् चीनका उप परराष्ट्र मन्त्री ली पाउ तुङ्गले उक्त बैठकको अध्यक्षता गर्नुभयो। एपेकका 21 वटा आर्थिक समूहका उच्च अधिकारी र प्रतिनिधि उक्त बैठकमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ