फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको दुई दिने मंगोलिया भ्रमण शुरु

(GMT+08:00) 2014-08-21 19:12:36

       चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 21 तारिखदेखि मंगोलियाको दुई दिने राजकीय भ्रमण थाल्नुभएको छ।

       स्थानीय समयअनुसार विहान एघार बजे राष्ट्राध्यक्ष सी विशेष विमानद्वारा राजधानी उलानबटारस्थित चिङ्गिस खान अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो। धर्मपत्नी फङ्ग लि युआनका साथ मंगोलिया भ्रमणमा निस्कनुभएका राष्ट्राध्यक्ष सीलाई त्यहाँका प्रधानमन्त्री नोरोभ्यन एल्टानखुयाग र उहाँकी श्रीमती, विदेश मन्त्री लूभ्सान्भान्डान बोल्ड लगायतले हार्दिक स्वागत गर्नुभएको थियो।

       सोही दिन राष्ट्राध्यक्ष सीले मंगोलियाका सञ्चार-माध्यमहरुमा "चीन र मंगोलियाबीच सुधारोन्मुख आपसी सम्बन्धको सुन्दर भविष्य" भन्ने विषयमा आफ्नो सन्देश सार्वजनिक गर्नुभयो।

       यस पटकको भ्रमणलाई महत्वपूर्ण अवसरको रुपमा लिएर आपसी सम्बन्धको विकासलाई अगाडि बढाउने आशा व्यक्त गर्दै राष्ट्राध्यक्ष सीद्ये आपसी सम्बन्ध नयाँ ऐतिहासिक आरम्भ-बिन्दुमा रहेको चर्चा गर्नुभयो। साथै उहाँले दुई मुलुक रणनैतिक साझेदार, पारस्परिक हितयुक्त साझेदार, मैत्रीपूर्ण र सहयोगात्मक साझेदार बन्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ