फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा कम्प्युटरसम्बन्धी क्यान सफ्टेक प्रदर्शनी हुने

(GMT+08:00) 2014-08-22 18:16:53

             कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी भदौ 2६ देखि राजधानीको भृकुटीमण्डपमा क्यान सफ्टेक 2014आयोजना गर्ने भएको छ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेस र कम्युनिकेशनसम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष विनोद ढकालले बताउनुभयो।

           ईकान्तिपुर अनलाईनका अनुसार सुबिसु क्यान सफ्टेक 2014इन एसोसिएसन विथ नियो ईआरपी नाम दिइएको मेलामा 1 सय 42 वटा स्टल रहनेछन्। तिनमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टीभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरू छन्। यस्तै सम्बन्धि क्षेत्रमा इन्टरनेट, केबल तथा टेलिभिजन, सेक्युरिटी सोलुसन्स्, वायरलेस, पि्रन्टिङ, पावर सोलुसन्स् र विभिन्न एप्लिकेसन सहितका ट्याबलेटसँग सम्बन्धित स्टलहरू रहनेछन्।

           सफ्टेकका अवसरमा यस क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सेमिनारसमेत आयोजना गरिने भएको छ। यस्तै, मिदास एजुकेसनले एन्ड्रोइड मोबाइल फोनमा चलाउन सक्ने गरी 4सय रुपैयाँ पर्ने मिडास इक्लास एप निःशुल्क उपलब्ध गराउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ