फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा मंगोलियाको राष्ट्रिय संसदमा महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2014-08-22 18:18:34

           चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 22 तारिख मंगोलियाको राष्ट्रिय संसदमा "चीन र मंगोलियाको सम्बन्ध विकासको नयाँ युग" भन्ने विषयमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। सीले आफ्नो सम्बोधनमा चीन र मंगोलियाको मैत्रीपूर्ण सहयोग, चीनको छिमेकी कूटनीति, एशियाली मुलुकहरुबीचको आदान-प्रदानबारे चर्चा गर्नुका साथै चीन र मंगोलियाले पारस्परिक रुपमा सम्मान र विश्वास, सहयोग र साझा विजय, दुई मुलुक सम्बन्ध विकासको नयाँ युगको संयुक्त रुपमा स्थापना तथा एशियाको स्थिरता र समृद्धिको संयुक्त रुपमा अभिवृद्धि जस्ता कुरामा जोड दिनुभएको छ।

            राष्ट्राध्यक्ष सीले चीन र मंगोलियाबीचको मित्रतालाई दुई मुलुकका जनताको मनमा राखिएको र यो दुई मुलुकको सम्बन्ध विकासको सबैभन्दा ठूलो विश्वास र शक्ति भएकोमा पनि जोड दिनुभयो। दुई मुलुकका जनताको समर्थनमा चीन र मंगोलियाको सम्बन्धको भविश्य अझै राम्रो हुने विश्वास पनि उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ