फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शक्ति विस्तार गरी सशस्त्र भिडन्त रोक्ने सुरक्षा परिषदको निर्णय

(GMT+08:00) 2014-08-22 18:19:51

          संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले 21 तारिख शक्ति विस्तार गरी वार्ता, समन्वयआदि तरीकाहरुमार्फत् भिडन्तबाट जोगिने र प्रभावकारी गतिविधिमार्फत् सशस्त्र युद्ध स्थगन गर्नुपर्ने निर्णय गरेको छ।

           सुरक्षा परिषदले सोही दिन युद्ध रोक्ने विषयबारे एक बैठकको आयोजना गर्दै निर्णय-प्रस्ताव पारित गरेको हो। उक्त निर्णय-प्रस्तावअनुसार, सशस्त्र युद्ध रोक्न सुरक्षा परिषदले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षण गर्ने प्रथम दायित्वको एक खण्ड हुनुका साथै शान्ति स्थापनामा अग्रसर हुनु विभिन्न मुलुकको प्रथम दायित्व पनि हो।

             संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि लिउ चे यिले संयुक्त राष्ट्र संघको बडा-पत्र विश्व शान्तिको कोशे ढुङ्गा भएको बताउँदै युद्ध रोक्ने सम्बन्धमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समाजद्वारा संचालित गतिविधि संयुक्त राष्ट्र संघीय बडा-पत्रको सिद्धान्तसित अनुकूल हुनुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ