फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाइ प्रान्तको हाइ सि मंगोल तथा तिब्बतीजातिय स्वायत्त प्रिफेक्चरको 60औं वार्षिकोत्सव

(GMT+08:00) 2014-08-22 18:20:17

            छिङ्गहाइ प्रान्तको हाइ सि मंगोल तथा तिब्बत जातीय स्वायत्त प्रिफेक्चरले 22 तारिख आफ्नो 60औं वार्षिकोत्सवका अवसरमा हाइ सि स्वायत्त प्रिफेक्चरको सदरमुकाम द लिङ्ग हा शहरमा एक समारोहको आयोजना गरेको छ।

            चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समिति र राज्य परिषदले शुभकामना सन्देश पठाएअनुसार साठी वर्ष यता हाइ सि स्वायत्त प्रिफेक्चरको अर्थतन्त्र विकास, जातीय मित्रता, समाज स्थिरता, नागरिक जीवन आदि विभिन्न कार्य चौतर्फी रुपमा विकसित भइरहेको छ। सन्देशमा हाइ सिले यस 60 औं वार्षिकोत्सवलाई एक अवसरको रुपमा लिई सामाजिक सम्बन्धको चौतर्फी विकासका लागि प्रयास गर्नसक्ने चीनको केन्द्रीय सरकारको आशा रहेको उल्लेख गरिएको छ।

             हाइ सि स्वायत्त प्रिफेक्चरका गभर्नर न्वौ वी सिङ्गले यस वार्षिकोत्सव समारोहमा भाषण गर्दै नयाँ विकासका मौकाका बीच हाइ सिले छाइ ता मु चक्र अर्थतन्त्र परीक्षण क्षेत्र, शहर तथा ग्रामीण क्षेत्रको एकीकरण विकास प्रदर्शनी क्षेत्र, श्रेष्ठ जातीय एकीकृत क्षेत्रको निर्माणका लागि प्रयास गर्दै जाने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ