फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गद्वारा मंगोलिया राष्ट्रिय संसदका अध्यक्षसँग भेटवार्ता

(GMT+08:00) 2014-08-22 18:20:43

            चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 22 तारिख उलानबटारमा मंगोलियाको राष्ट्रिय सँसदका अध्यक्ष जान्दान्खु एन्खबोल्डसँग भेट-घाट गर्नुभएको छ।

               दुई पक्षले संयुक्त रुपमा प्रयास गरेको खण्डमा चीन र मंगोलियाको व्यवहारिक सहयोग अगाडि बढ्ने विश्वास गर्दै दुवै मुलुकका जनतालाई वस्तुगत हित पुर्‍याउने आशा राष्ट्राध्यक्ष सीले गर्नुभयो। मंगोलियाको राष्ट्रिय संसदले दुई मुलुकको सहयोगको समर्थन दिनसक्ने बताउँदै सीले दुई मुलुकको सहयोगलाई पारदर्शी, स्थिर, स्वच्छ कानूनी वातावरण उपलब्ध गराउनसक्ने आशा पनि गर्नुभयो।

               मंगोलियाको राष्ट्रिय संसदले चीनसम्बन्धी नीतिलाई मंगोलियाको कूटनैतिक नीतिको प्रथम कार्यनीतिको रुपमा राख्न समर्थन गरेको बताउँदै अध्यक्ष जान्दान्खुले थाइवान र तिब्बत समस्यामा चीनले लिएको अडानको समर्थन गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ