फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापान-भारतको मन्त्रीस्तरीय वार्ताद्वारा सुरक्षा सहयोग मजबुत पार्ने जापानको योजना

(GMT+08:00) 2014-08-22 18:21:09

          जापानी सञ्चार-माध्यमले 21 तारिख सम्बन्धित जानकारको भनाइ उद्धृत गरेअनुसार, जापान सरकारले जापान र भारतको उप विदेश तथा रक्षा मन्त्रीस्तरीय वार्तालाई मन्त्रीस्तरीय वार्ताको रुपमा उकास्ने विषयबारे भारतसँग अन्तिम समन्वय गर्दैआएको छ।

           थाहा भएअनुसार, जापान र भारत सरकारले सन् 2010 जुलाई महिना नयाँ दिल्लीमा प्रथम उप मन्त्रीस्तरीय वार्ताको आयोजना गरेका थिए, सन् 2012 अक्टोबर महिनामा टोकियोमा दोस्रो चरणको वार्ता आयोजना गरेका थिए।

             जापानका प्रधानमन्त्री शिन्जो अबे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुनलागेको वार्ताको विषयबारे जापानी सञ्चार-माध्यमले अनुमान गरेअनुसार, समुद्री यातायातको सुरक्षाको प्रत्याभूति गर्नका लागि जापान र भारतको शिखर वार्ताले समुद्री सुरक्षा विभागहरुबीचको आदान-प्रदानलाई निरन्तर रुपमा गति दिनेछ। दुई पक्षले जापानले भारतलाई आधारभूत प्रबन्धको निर्माण परियोजना निर्यात गर्ने विषयबारे आदान-प्रदान गर्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ