फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन वर्षपछि चिनियाँ खानालाई विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा राख्न फेरि निवेदन

(GMT+08:00) 2015-07-09 16:28:22

      "जिब्रोको टुप्पोमा चीन"नामक टेलिभिजन वृत्तचित्र प्रसारण भएपछि धेरै स्वदेशी तथा विदेशी टेलिभिजन दर्शकहरु चिनियाँ खानाद्वारा आकर्षित गरिएका छन्। हाल चिनियाँ आठ क्षेत्रीय खानाका परिकारका प्रतिनिधिहरुलगायत चीनको पाकशास्त्र अर्थात् कुकिङ क्षेत्रका वरिष्ठ व्यक्तिहरुले पैचिंगमा चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा संलग्न हुन निवेदन गर्ने विषयबारे छलफल गरेका छन्। तीन वर्षपछि चिनियाँ खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको लागि फेरि निवेदन गर्ने भएको हो। गत वर्ष "दक्षिण कोरियाको किम्ची  र "जापानी खाना" विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा संलग्नताका लागि आवेदन गरेकोमा सफल भएका थिए। चिनियाँ खाना संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सँस्कृतिक संगठन युनेस्कोद्वारा मन पराइने कि नपराइने? चिनियाँ खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनका लागि तयारी कार्यमा कसरी प्रगति हासिल गरिएको छ? चिनियाँ खानाले गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्ने कुराले विदेशको चिनियाँ खाना व्यवसायलाई कसरी सुअवसर उपलब्ध गराउने छ?

        विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गरेको पहिलो विशेष खाना "फ्रान्सेली खाना" हो। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीको प्रयासमा फ्रान्सेली खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदा नामावलीमा सफलताका साथ संलग्न भयो। त्यसपछि मध्ययूरोपेली खाना, टर्कीको परम्परागत खाना, मेक्सिकोको परम्परागत खाना पनि एकपछि अर्को गरी उक्त नामावलीमा संलग्न भए। गत वर्ष "दक्षिण कोरियाको किम्ची" र "जापानी खाना"ले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गरेको सफल भयो। हालसम्म विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको नामावलीमा संलग्न भएको खानाको सँस्कृतिको संख्या छ वटा पुगेको छ।

        सन् 2011 मा चीनले चिनियाँ खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्न थालेको थियो। नियमअनुसार, चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्ने हो भने चीनको सँस्कृति मन्त्रालयमा पठाएर चीनमा मूल्यांकन गरिने गर्दछ। मूल्यांकनमा विजयी खानाको परिकारले चीनको तर्फबाट संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सँस्कृतिक संगठन युनेस्कोमा आवेदन प्रक्रियामा जान सक्छ। सन् 2011मा "परम्परागत कुकिङ कला"नामक परियोजना पेश गरिएको थियो तर त्यो विफल भयो। चिनियाँ कुकिङ समितिका उप प्रमुख एवम् प्रवक्ता बेन च्याङ्गले जानकारी दिनुभएअनुसार, अन्तर्राष्ट्रिय नियमबारे जानकारी नलिनु चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको पहिलो पटक निवेदन गर्न विफल हुनुको मुख्य कारण थियो।

       "पहिलो, हामीले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको अवधारणा र मूल्यांकन सिद्धान्तबारे जानकारी लिएका छैनौं। त्यसैले हामीले चिनियाँ खानाको निवेदनबारे जानकारी दिँदै मूल्यांकनको प्रक्रियाअनुसार जानकारी उपलब्ध गराउन सकेनौं। दोस्रो, हामीले सम्बन्धित टेलिफिल्म छान्दैखेरि पनि नियमअनुसार छानेका छैनौं। तेस्रो, हामीले चीनको एक किसिमको गैर-भौतिका साँस्कृतिक सम्पदासित अनुकूल हुने विशेष खानाको दृष्टिकोणबाट हेर्दा उक्त गैर-भौतिक साँस्कृतिक सम्पदाबाट चीनको एउटा क्षेत्र वा अझै ठूलो क्षेत्रका वासिन्दाहरुलाई दिएको सन्तुष्टीको बारेमा ख्याल गरेका छैनौं।"

        हाल चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनका गति प्रदान गरिरहेको छ। आगामी वर्ष विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदा निवेदन गर्नसकिने वर्ष हो। योजनाअनुसार, चिनियाँ कुकिङ समितिले चीनको सँस्कृति मन्त्रालयसमक्ष निवेदन परियोजना पेश गर्ने छ। बेन च्याङ्गकाअनुसार, विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा चिनियाँ खानाको निवेदन एक ठूलो र जटिल परियोजना हो। हाल विशेषज्ञ टोलीको गठन कार्य भैरहेको छ।

      "हामीले आधारभूत कार्यहरु गर्दै आएका छौं। जस्तै भनौं विशेषज्ञहरुको सर्वेक्षण, विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्ने चिनियाँ खानाबारेको जानकारी। हामीले राष्ट्रिय र सँस्कृति मन्त्रालयका विशेषज्ञहरुसँग आदान-प्रदान गर्ने छौं।"

जानकारी तथा लेखहरु