फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाउँको विकासमा जीवन अर्पने व्यक्ति-2

(GMT+08:00) 2015-08-03 14:45:37

       सोनाम द्धुन्ड्रुपले ठाडो भीरमा बाटो निर्माण गर्ने घोषणा गरेपछि सबैले यसलाई दिवा सपना भने। परिवार, साथी, गाउँलेहरुले उहाँलाई निरुत्साहित गरे। तर उहाँले कडा विश्वास लिनुभयो। उहाँका लागि पैँतीस किलोमिटरको बाटो निर्माण गर्नु नै खुशी जीवन पुग्ने धनी हुनु हो भन्ने लाग्यो। सन् 2004 बाट उहाँको बाटो निर्माण सम्पन्न भएर संचालनमा आयो। पालागचुङ उपत्यकाको पर्यटन उद्योग पनि विकास हुन थाल्यो। पाला गाउँका चौध परिवारले पनि पहाडको शिखरबाट तल्लो भागमा बसाइ सरे अनि नयाँ घरमा बस्न थाले। पहिला जिल्ला पुग्न तीन दिनसम्म हिड्नुपर्थ्यो अहिले त साढे एक घण्टा मात्रै लाग्छ।

       पाला गाउँका बासिन्दाको जीवनको संरक्षण गर्नका लागि सोनाम द्धुन्ड्रुपले स्थानीय बासिन्दाको उपयोग नभएको भूमि भाडामा लिएर पर्यावरणीय कृषि उद्योग विकास गर्नुभयो। प्रत्येक वर्ष हरेक परिवारलाई दश लाख चिनायाँ युआन भाडा दिने गर्न थाल्नुभयो। साथै पहाडमा पर्ने पुरानो घरको पुनःनिर्माण गरी अवलोकन गर्न दिनुभयो। यसरी नै प्रत्येक वर्ष हरेक परिवारले तीनदेखि पाँच हजार चिनियाँ युआन पाउन सक्ने भएका छन्। दृश्यावलोकन क्षेत्रको बाटोको मर्मत कार्य पनि गाउँलेलाई छुट्ट्याइयो छ जसबाट प्रत्येक वर्ष हरेक परिवारले सात हजार चिनियाँ युआन पाउन सक्छन्।

       82 वर्षको उमेर पुग्नुभएका पाइमा पाला गाउँका प्रमुख हुनुहुन्थ्यो। पहाडबाट तल सरेपछि उहाँले अरु गाउँले जस्तो दृश्यावलोकन क्षेत्र नजिक तीन तले घर निर्माण गर्नुभयो। त्यसको खर्च एक लाख पचास हजार चिनियाँ युआन लाग्यो। तीमध्ये पचास हजार युआन नै सोनाम द्धुन्ड्रुपले दिनुभएको हो। बूढो पाइमाका लागि तल सरेपछि पानी, विजुली, यातायात आदि जीवनसम्बन्धी सुविधा उपलब्ध छन्। तर अझ महत्वपूर्ण भएको कुरा भनेको मरेपछि मुर्दा गाड्नेसम्बन्धी चिन्ता पनि हटेको छ।

        पहाडमा बसेमा मरेपछि पहाडमा मुर्दा गाड्नु मात्रै हुन्छ। अब तल सरेँ। मरेपछि जीवित बुद्धलाई निमन्त्रणा गरी मृत्यु संस्कार गर्न सकिन्छ। अहिले म असी वर्ष कटेको बूढो भएँ। शान्तिपूर्ण रुपमा बूढो समय बिताउन सक्छु।

        यसबाहेक सोनाम द्धुन्ड्रुपले रोपाइँ उद्योग र जलीयकृषिको पनि विकास गर्नुभयो। केही गाउँलेलाई तालिम दिएर दृश्यावलोकन क्षेत्रमा रोजगार प्रदान गरेर गाउँमा जगेडा श्रम समस्याको समाधान गर्नुभयो। हाल निसी गाउँका एक सय साठ्ठी जनाले पालागचुङ दृश्यावलोकन क्षेत्रमा सेवा गर्छन्। जसबाट बाह्य क्षेत्रमा काम खोज्नुपर्दैन र आफ्नो गाउँमा पनि सम्पन्न जीवन बिताउन सकिन्छ। तीस वर्षको उमेर पुगेका गसाङचासी त्यसरी फाइदा पाउनेहरुमध्ये एक हुन्। उनी पाला गाउँका स्थानीय हुन्। सन् 2008 मा उनले दृश्यावलोकन क्षेत्रमा टुर गाइड गर्न थाले। स्कूलमा पढ्दा पिछडिएका गाउँबाट आएका कारण अरु विद्यार्थीद्वारा उपहास गरियो। अहिले हरेक महिना उनले चार हजार चिनियाँ युआनभन्दा बढी कमाउँछन्। साथै पुरानो घर र खेती जग्गाको भाडा जोडेर हरेक वर्ष साठ्ठी हजार युआनभन्दा बढी पाउन सक्छन्। आम्दानीबारे चर्चा गर्दा गसाङलाई गौरव लाग्छ। उनले भने पहिला बाहिर बसाइ गएका गाउँलेहरुले गाउँको झनै विकास भएको देखेपछि फिर्ता आउन थाले। अहिले पाला गाउँको परिवारको संख्या चौधबाट बतीस पुगेको छ। युवाहरुले पनि बाहिर काम खोज्न जानुपर्दैन। गसाङका अनुसार, यदि सोनाम द्धुन्ड्रुपले पर्यटन विकास नगरेको भए उनी स्नातक गरेपछि गाउँमा फर्कने संभावना थिएन।

        पर्यटन उद्योगको विकास नभएमा स्नातक गरेपछि कोही पनि गाउँमा फर्कने संभावना थिएन। किनभने जीवन बिताउन गाह्रो छ। तर अहिले बाहिर पढ्ने विद्यार्थीहरुबाहेक सबै फर्किसके। आफ्नो जन्मथलो छोडेर बाहिर काम खोज्नुपर्दैन।

जानकारी तथा लेखहरु