फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशमा चिनियाँ खानाको विकास विस्तार

(GMT+08:00) 2015-08-10 10:00:35

         विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गरेको पहिलो विशेष खाना "फ्रान्सेली खाना" हो। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीको प्रयासमा फ्रान्सेली खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदा नामावलीमा सफलताका साथ संलग्न भयो। त्यसपछि मध्ययूरोपेली खाना, टर्कीको परम्परागत खाना, मेक्सिकोको परम्परागत खाना पनि एकपछि अर्को गरी उक्त नामावलीमा संलग्न भए। गत वर्ष "दक्षिण कोरियाको किम्ची" र "जापानी खाना"ले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा गरेको निवेदन सफल भयो। हालसम्म विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको नामावलीमा संलग्न भएका खाना सँस्कृतिको संख्या छ वटा पुगेको छ। तीन वर्षपछि चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको लागि फेरि निवेदन गर्ने भएको हो।

         कुन कुन चिनियाँ परम्परागत खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनसम्बन्धी तयारी मण्डलद्वारा मुख्यतःप्रचार-प्रसार गरिने महत्वपूर्ण खानाको नामावलीमा प्रवेश हुनसक्ने छन्? पैचिंग रोस्ट डक, ममचा, मुन केक, तो फू, हटपट, चुङ्ग च, लान शौ नूडलआदि चिनियाँ परम्परागत खाना मानिसद्वारा ध्यान दिइएका संभावित खाना मानिएका छन्। चिनियाँ कुकिङ समितिका उप प्रमुख बेन च्याङ्गले जनाएअनुसार, हाल संभावित खानाहरुको छनौट कार्य चलिरहेको छ। गैर-भौतिक साँस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सँस्कृतिक संगठन युनेस्कोको अवधारणासित अनुकूल भएको चिनियाँ खाना छानिने छन्। विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनमा सहभागी चिनियाँ खाना हालसम्म तोकिएको छैन।

         बेन च्याङ्गकाअनुसार, चिनियाँ खानाले विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्ने उद्देश्य प्रमाण पत्र पाउने मात्र नभई विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनमार्फत चिनियाँ जनता र विदेशमा बसोबास गरिरहेका चिनियाँ बन्धुहरुलाई चिनियाँ खानामा समेटेको परम्परागत सँस्कृतिबारे जानकारी गराउने पनि हो। भविश्यमा चिनियाँ खानाको प्रचार-प्रसार योजनाबारे चर्चा गर्दा बेन च्याङ्गले बताएअनुसार, गत वर्ष चिनियाँ खाना संयुक्त राष्ट्र संघमा गयो। आगामी दिन चिनियाँ कुकिङ समितिले प्रतिनिधि मण्डललाई अमेरिका, भारत, जर्मनीआदि मुलुकहरु गई चिनियाँ खानाको प्रचार-प्रसार गर्न संयोजन गर्ने छ।

        "चालू वर्षको उत्तरार्धमा केही प्रतिनिधि मण्डलहरुले अमेरिकाका छ वटा कम्फ्युसियस इन्स्टिट्युट जाने, भारतका तीन वटा कलेज जाने तयारी गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा आयोजित शैक्षिक, वैज्ञानिक तथा सँस्कृतिक संगठन युनेस्को गतिविधिमा विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदनमा सहभागी चिनियाँ खानाको प्रचार-प्रसार गतिविधि आयोजना गरिने छ। आगामी नोभेम्बरमा जर्मनीमा आयोजना हुने चिनियाँ सँस्कृतिको प्रचार-प्रसार गतिविधिमा हामीले चिनियाँ खाना देखाउने छौं। हामीले अन्तर्राष्ट्रिय मञ्चमार्फत चिनियाँ खानाको प्रचार-प्रसार गर्ने, चिनियाँ खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्नका लागि तयारी कार्य गर्ने छौं।"

         विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा चिनियाँ खानाको निवेदनप्रति विदेशस्थित चिनियाँ खाना व्यवसायका व्यक्तिहरुद्वारा ध्यान दिइएको छ। चिनियाँ मूलका न्यूजील्याण्डेली चाउ व्हैले वेलिंगटनमा  चिनियाँ खाना रेस्टुरेन्ट संचालन गरेको 25 वर्ष भयो। हाल उनले चार/पाँच वटा चिनियाँ खाना रेस्टुरेन्ट संचालन गरेका छन्। साथै चाउ व्है वेलिंगटनस्थित चीन-न्यूजील्याण्ड साँस्कृतिक आदान-प्रदान संघका अध्यक्ष पनि हुन्। उनका रेस्टुरान्टका परिकारहरु क्वाङ्ग तुङ्ग भोजनबाट विस्तार भई स छ्वान परिकार, च च्याङ्ग परिकार आदि परिकारहरु छन्। हालैका केही वर्षयता चिनियाँ खाना विभिन्न मुलुकका नागरिकद्वारा मन पराइन्छ। चिनियाँ खाना विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदाको निवेदन गर्न सफल हुने हो भने विदेशस्थित चिनियाँ खाना व्यवसायले विकासको अझै राम्रो मौकाको स्वागत गर्ने छ।

          "हाल अझै बढी चिनियाँ खाना रेस्टुरेण्टहरु न्यूजील्याण्डमा संचालन भए। पश्चिमाहरुले चिनियाँ खानाबारे धेरै जानकारी लिएका छन्। हामीले चीनबाट उच्चस्तरीय कुकलाई स्थानीय उपभोगकर्तालाई अझै बढी किसिमको परिकार उपलब्ध गराउन निमन्त्रणा गरेका छौं। स्थानीय नागरिकहरुले चिनियाँ खानाबारे धेरै जानकारी लिएका छन्। चिनियाँ खाना चिनियाँ सँस्कृतिको एक खण्ड हो। विश्वको गैर-भौतिक साँस्कृतिक सम्पदामा निवदेन गर्न सफल हुने हो भने चिनियाँ खानाले स्थानीय समाजमा सजिलो रुपमा प्रवेश गर्ने छ। यो एक राम्रो कुरा हो।"

          विदेशमा चिनियाँ खानाको प्रचार-प्रसार र निरन्तरतालाई कसरी अगाडि बढाउने भन्ने कुराबारे चाउ व्हैले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छन्।

          "मेरो विचारमा चिनियाँ मूलका विदेशी र प्रवासी चिनियाँले वस्तुगत काम गर्नुपर्ने छ। जस्तै भनौं निर्धारित समयमा चीनबाट कुकिङ मण्डललाई विदेशमा आदान-प्रदान गर्न भित्र्याउनसकिने छ। निर्धारित समयमा विदेशमा चिनियाँ खाना देखाउनसकिने छ। स्थानीय मूलधार समाजका व्यक्तिहरुले चिनियाँ खानाबारे अझै चौतर्फी रुपमा जानकारी गराउनसक्नेछन् जसबाट चिनियाँ खाना प्रचार-प्रसार गर्न सकियोस।"

जानकारी तथा लेखहरु