फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाउँको विकासमा जीवन अर्पने व्यक्ति-3

(GMT+08:00) 2015-08-28 14:42:38

      सोनाम द्धुन्ड्रुपले रोपाइँ उद्योग र जलीयकृषिको पनि विकास गर्नुभयो। केही गाउँलेलाई तालिम दिएर दृश्यावलोकन क्षेत्रमा रोजगार प्रदान गरेर गाउँमा जगेडा श्रम समस्याको समाधान गर्नुभयो। हाल निसी गाउँका एक सय साठ्ठी जनाले पालागचुङ दृश्यावलोकन क्षेत्रमा सेवा गर्छन्। जसबाट बाह्य क्षेत्रमा काम खोज्नुपर्दैन र आफ्नो गाउँमा पनि सम्पन्न जीवन बिताउन सकिन्छ। तीस वर्षको उमेर पुगेका गसाङचासी त्यसरी फाइदा पाउनेहरुमध्ये एक हुन्। उनी पाला गाउँका स्थानीय हुन्। सन् 2008 मा उनले दृश्यावलोकन क्षेत्रमा टुर गाइड गर्न थाले। स्कूलमा पढ्दा पिछडिएका गाउँबाट आएका कारण अरु विद्यार्थीद्वारा उपहास गरियो। अहिले हरेक महिना उनले चार हजार चिनियाँ युआनभन्दा बढी कमाउँछन्। साथै पुरानो घर र खेती जग्गाको भाडा जोडेर हरेक वर्ष साठ्ठी हजार युआनभन्दा बढी पाउन सक्छन्। आम्दानीबारे चर्चा गर्दा गसाङलाई गौरव लाग्छ। उनले भने पहिला बाहिर बसाइ गएका गाउँलेहरुले गाउँको झनै विकास भएको देखेपछि फिर्ता आउन थाले। अहिले पाला गाउँको परिवारको संख्या चौधबाट बतीस पुगेको छ। युवाहरुले पनि बाहिर काम खोज्न जानुपर्दैन। गसाङका अनुसार, यदि सोनाम द्धुन्ड्रुपले पर्यटन विकास नगरेको भए उनी स्नातक गरेपछि गाउँमा फर्कने संभावना थिएन।

       पर्यटन उद्योगको विकास नभएमा स्नातक गरेपछि कोही पनि गाउँमा फर्कने संभावना थिएन। किनभने जीवन बिताउन गाह्रो छ। तर अहिले बाहिर पढ्ने विद्यार्थीहरुबाहेक सबै फर्किसके। आफ्नो जन्मथलो छोडेर बाहिर काम खोज्नुपर्दैन।

       नुङबु पाला पनि स्थानीय हुन्। उनका अनुसार, पहिला बाहिरी दुनियाँसँग कुनै पनि सम्पर्क नभएको पहाडमा बस्थे, जीवन कठिन थियो। समस्या धेरै थिए। त्यतिखेर घरमा सबभन्दा मूल्यवान कुरा भनेको पानी ट्यांकी मात्र हुन्थ्यो। हामी तल सरेपछि बाटो, विजुली, नयाँ घर सबै उपलब्ध छन्। सन् 2012 मा सोनाम द्धुन्ड्रुपले आधा खर्च गरेर उनलाई गाडी किन्न सहयोग गर्नुभयो। अहिले उनी गाडी चलाएर जिल्लामा सामग्री किन्न सक्छन्। उक्त पैँतीस किलोमिटरको बाटोबाट नुङबुले पहाडबाट तल सर्न पाएको मात्र नभई जीवनमै नसोचेको उपलब्धि पाएका छन्। नुङबुलाई सबभन्दा हृदयस्पर्शी लागेको भनेको सन् 2013 मा सोनाम द्धुन्ड्रुपले कुनै शुल्क नलिइकन गाउँका चौध परिवारका चौध जना प्रतिनिधि लिएर तिब्बतमा गई पूजा-आजा गर्नुभयो। त्यतिबेला नुङ्बु पनि तिब्बत भ्रमणमा गएका एक व्यक्ति थिए जसले आफ्नो सपना साकार भएको सम्झिए।

        पवित्र स्थल ल्हासामा पूजा-आजा गर्नु नै हरेक तिब्बती जातीयको सपना हो। पहिला ल्हासा पुग्न पैदल हिँडेर एक वर्ष लाग्थ्यो। प्रशस्त पैसा नभएमा सामान्य मान्छे पुग्दैनथे। गत वर्ष मेरो सपनालाई व्यवहारमा उत्तारियो। सोनाम द्धुन्ड्रुपलाई धेरै धन्यवाद दिन चाहन्छु।

        सोनाम द्धुन्ड्रुपबारे चर्चा गर्दै गाउँलेहरु सबैले आभार प्रकट गर्छन्। श्रीमतीको आँखामा उहाँले घरमाथि धेरै ध्यान दिनुहुन्न तर विशाल प्रेम भएको पुरुष हुनुहुन्छ। दाजुभाइको आँखामा उहाँ धनसम्पत्ति छोडेर जन्मथलोलाई उद्धार दिने मूर्ख व्यक्ति हुनुहुन्छ। सोनाम द्धुन्ड्रुपले भन्नुभएको थियो आफू एक्लै धनी बन्न सजिलो छ तर जन्मथलोका सबैलाई धनी बनाउने आफ्नो आशा रहेको छ। उहाँका अनुसार, अहिले बाटो संचालन भइसक्यो, उहाँको सपना पनि साकार भयो। तर उहाँसँग अब अर्को सपना थपिएको छ। उहाँ पालाचुङग दृश्यावलवकन क्षेत्रको पर्यटकलाई स्वागत गर्ने क्षमता बढाएर राष्ट्रिय पञ्च क श्रेणी दृश्यावलवकन क्षेत्र बनाउने कार्यमा लाग्नु भएको छ।

       धेरै वर्षसम्म बाटो निर्माण गर्दा ठूलो ऋण लाग्नु, सन् 2013 मा दृश्यावलोकन क्षेत्रमा दुई चोटि भूकम्प गएको बाटोलाई क्षति पुर्‍याउनु, दृश्यावलोकन क्षेत्र संचालन भएको प्राथमिक अवधिमा देखिएको कठिनाइ हुन्। यी सबै समस्या जोडेर हाल सोनाम द्धुन्ड्रुपसमक्ष ठूलो समस्या देखिएको छ रकम अभाव। उहाँलाई खर्च अभावको समस्याको समाधान गर्न सहयोग दिनका लागि सन् 2011 मा युन नान साँस्कृतिक उद्योग लगानी ग्रुपले एक अर्ब पचास करोड चिनियाँ युआन लगानी गरेर सोनाम द्धुन्ड्रुपसँग मिलेर पर्यटन स्रोतको संरक्षण तथा विकास गर्‍यो। हाल त्यहाँ पाँच तारे होटेल निर्माणधिन छ। साथै राष्ट्रिय पाँच क श्रेण दृश्यावलोकन क्षेत्र बन्न पेश गर्ने तयारी भइरहेको छ। आफ्नो सपनालाई व्यवहारमा उत्तारेपछि जन्मथलोका अरु बढी मानिसको सपनालाई व्यवहारमा उत्तार्नसक्ने सोनाम द्धुन्ड्रुपको विश्वास छ।

जानकारी तथा लेखहरु