फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको पाकिस्तानको भ्रमण स्थगित

(GMT+08:00) 2014-09-07 14:30:31
         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ। सो कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो 6 तारिख बताउनु भएको हो।

         सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सी चिन फिङ्गले पाकिस्तानको राजकीय भ्रमण गर्ने बारेमा दुवै देशले वैचारिक आदान-प्रदानलाई कायम राख्दैआएका छन्। वर्तमान पाकिस्तानको राजकैतिक परिस्थितिका कारण चीन र पाकिस्तान सरकारले निर्धारित योजनालाई स्थगित गर्ने सहमति गरेका छन्। दुइ पक्षले कुटनैतिक मञ्चमार्फत राष्ट्राध्यक्ष सीको पाकिस्तान भ्रमणका बारेमा छलफल गरिरहेका छन्।

         दुइ पक्षले यो भ्रमणमाथि महत्व दिनुका साथै सकेसम्म छिटो भ्रमण गरी दुइ मुलुकको आपसी हितकर सहयोगलाई अगाडि बढाउने आशा गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ