फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक आधुनिक सिमेन्ट कारखाना तिब्बतमा प्राप्त गरिएको सफल अनुभव

(GMT+08:00) 2015-09-08 14:29:02

        तिब्बतको पर्यावरणीय वातावरण निकै कमजोर छ। तिब्बतले आर्थिक विकास गर्नुका साथै पर्यावरणीय संरक्षणमा महत्व दिनुपर्छ। तिब्बतले वातावरणको संरक्षण गर्ने आधारमा आर्थिक विकास कसरी साकार तुल्याउने छ? हालसम्म तिब्बतलाई सहायता दिएको सबैभन्दा ठूलो परिमाणको परियोजना अर्थात् व्हा सिन सिमेन्ट कम्पनीले एक सफल अनुभव प्राप्त गरेको छ। व्हा सिन कम्पनीको सफल अनुभव "व्हा सिन ढाँचा" मानिएको छ।

        सिमेन्ट कारखना ऊर्जा-श्रोतको बढी खपत र बढी प्रदूषणको उद्योग-व्यवसाय हो। तिब्बतमा सिमेन्ट कारखानाको निर्माण गर्नु वातावरणीय संरक्षणमा महत्व दिएका मानिसहरुको विचारमा एक राम्रो योजना होइन। तर तिब्बतले राजमार्गको निर्माण गर्ने, तिब्बतका वासिन्दालाई नयाँ आबासको निर्माण गर्ने, आधारभूत प्रबन्धको निर्माण गर्ने हो भने सिमेन्टको प्रयोग गर्नुपर्छ। तिब्बतको आर्थिक विकास सिमेन्ट कारखानाको निर्माणसित छोड्नसक्दैन।

       तीस लाख जनसंख्या रहेको र कमजोर पर्यावरणीय वातावरणको पठारभूमिमा तीन लाख टनको वार्षिक उत्पादन-मात्राको सिमेन्ट कारखानाको निर्माण गर्न लगानी लगाएको योजनाबारे चर्चा गर्दा व्हा सिन सिमेन्ट कारखाना कम्पनीअन्तर्गत तिब्बत शाखाका महाप्रबन्धक नी वै तुङ्गले पहिले यस कुराप्रति चिन्ता लिएका थिए।

       "व्हा सिन कम्पनीले सबैभन्दा शक्तिशाली सिमेन्ट समूह अर्थात् स्वीजर्ल्याण्डको होल्सिम समूहसँग सहयोग गरेको तर व्हा सिनका सबै कारखानाहरु पठारभूमिरहित क्षेत्रहरुमा स्थापित भए। पठारभूमिका व्हा सिन समूहको उत्पादन लाइन छैन।"

        वास्तवमा व्हा सिन समूहले तिब्बतको शान नान क्षेत्रमा लगानी लगाएको सही भयो। व्हा सिन सिमेन्ट कम्पनी चीनको हु पै प्रान्तको एक कम्पनी हो, चीनको उत्पादन व्यवसायका पाँच सय वटा सबैभन्दा शक्तिशाली उद्योग-व्यवसायमध्येको एक हो। सन् 2003 हु पै प्रान्तले तिब्बतलाई सहायता दिएको महत्वपूर्ण परियोजनाको रुपमा व्हा सिन सिमेट कम्पनीले तिब्बतको शान नान क्षेत्रमा सिमेन्ट कारखानाको निर्माण गर्न लगानी लगाएको थियो। तीन लाख टनको वार्षिक उत्पादन-मात्राको उत्पादन लाइन सन् 2005 जुलाई महिना विधिवत रुपमा प्रयोग आएको थियो। तिब्बतको आर्थिक विकास हुनुका साथसाथै व्हा सिन सिमेट कारखानाले विकासको सुनौलो अवधिको स्वागत गरेको छ।

        सन् 2014 व्हा सिन सिमेन्ट कारखानाअन्तर्गत तिब्बत शाखाको उत्पादन-मात्रा तेह्र लाख टन पुग्ने छ। हालैका दश वर्षयता व्हा सिन कम्पनीले शान नान क्षेत्रलाई जम्मा अठचालीस करोड चिनियाँ युआनको कर तिरेको र छ सय पचास वटा रोजगार अवसर उपलब्ध गराएको छ। व्हा सिन कम्पनीले शान नान क्षेत्रलाई आर्थिक विकास गर्न मद्दत दिनुका साथै स्थानीय तिब्बतीहरुको जीवन स्तरको सुधार गरेको छ।

        व्हा सिन कम्पनीका कर्मचारीको तीन खण्डमध्येको दुई खण्ड तिब्बत जातिका कर्मचारी हुन्। चालू वर्ष 35 वर्षीय पाई मा वाङ्ग च्यू व्हा सिन कम्पनीमा संलग्न भएपछि एकजना सामान्य कर्मचारीबाट पदोन्नति भई कार्यशालाका निर्देशक बनेका छन्। उनले पत्रकारसँग कुराकानी गर्दै उन दुई पटकमा कम्पनीको मुख्लालय प्राविधिक तालिम लिन पठाइएको कुरा बताएका छन्।

      "सन् 2005अघि मैले एउटा सानो सिमेन्ट कारखानामा प्रबन्धको मर्मत काम गरेको थिएँ। हाल म व्हा सिन कम्पनीको एक कार्यशालाका निर्देशक हुँ। सन् 2005अघि हरेक महिला मेरो तलब आठ सयदेखि एक हजार चिनियाँ युआनसम्म थियो। हाल हरेक महिला मेरो तलब दश हजार चिनियाँ युआनभन्दा मूनि होइन। गत महिला मेरो तलब पन्ध्र हजार चिनियाँ युआन पुग्यो। मेरी श्रीमती पहिले शान नान क्षेत्रको एक रेस्टुरेन्टकी वेटरस थिइन्। व्हा सिन कम्पनीमा प्रवेश भएपछि उनको तलब करीब पाँच हजार चिनियाँ युआन पुगेको छ। हाल हामीसँग मोटर गाडी छ। मेरो घर पनि सन् 2012मा निर्माण गरिएको हो।"

        पाई मा वाङ्ग च्यूको जीवन सुधार गरिएको मात्र भनई व्हा सिन सिमेन्ट कारखाना नजिकैका वासिन्दाहरुको जीवनमा सुधार गरिएको छ। हाल व्हा सिन कम्पनीअवस्थित छुङ्ग ता गाउँका चार सय जना वासिन्दा छन्। तीमध्ये नब्बे जना हाल व्हा सिन कम्पनीमा काम गर्छन्। अरु बीस जनाले व्हा सिन कम्पनीमा केही वर्षसम्म काम गरेपछि ढुवानी व्यापार गर्न थालेका छन्। थाहा भएअनुसार, व्हा सिन कम्पनीले हरेक वर्षमा गाउँका वासिन्दालाई तिरेको तलब र तिरेको ढुवानी शुल्क दुई करोड बीस लाख चिनियाँ युआन पुगेको छ। हाल व्हा सिन कम्पनीअवस्थित छुङ्ग ता गाउँ शान नान क्षेत्रको नयाँ ग्रामीण क्षेत्रको निर्माणको नमूना बनिसकेको छ।

        आफ्नो उद्योग-व्यवसायको विकास गर्नु र स्थानीय वासिन्दाको जीवनको सुधार गर्नुका साथै व्हा सिन कम्पनीले स्थानीय पर्यावरणीय संरक्षण गर्न बिर्सेको छैन। थाहा भएअनुसार, व्हा सिन कम्पनीले तिब्बतमा लगाएको सत्तरी करोड चिनियाँ युआनको लगानीमध्ये कम्तीमा अठार करोड नब्बे लाख चिनियाँ युआन वातावरणीय संरक्षणमा प्रयोग गरिएको छ।

        हालैका केही वर्षयता व्हा सिन कम्पनीले स्थानीय सिमेन्ट कम्पनीहरुसँग आफ्नो अनुभवको स्वतःउपभोग गरेको, तिब्बतलाई सहायता दिने उद्योग-व्यवसायको सामाजिक दायित्व वहन गरेको छ।

        नी वै तुङ्गकाअनुसार, चालू वर्षको अन्त्यमा व्हा सिन कम्पनीको तेस्रो उत्पादन-लाइन सिगाचेमा प्रयोग आउने छ। हरेक वर्षमा असी लाख टनको सिमेन्टको उत्पादन गर्नसकिने छ। उक्त उत्पादन-लाइनको सिमेन्ट सिगाचे, आली, नेपालतर्फ बिक्री गरिने छ। व्हा सिन कम्पनीले विकासको अझै राम्रो सुअवरको स्वागत गर्ने छ।

जानकारी तथा लेखहरु