फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ र भारत प्रधानमन्त्रीका विशेषदूतबीच भेट-वार्ता

(GMT+08:00) 2014-09-09 19:34:12

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज पैचिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत एवं भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभासँग भेट-वार्ता गर्नुभयो।

         सो अवसरमा दोभाले राष्ट्राध्यक्ष सी चिन फिङलाई भारतीय प्रधानमन्त्री मोदीको मौखिक सन्देश सुनाउनुभयो। सन्देशमा मोदीले सुरु हुनलागेको राष्ट्राध्यक्ष सीको भारत भ्रमणले चीन र भारतबीचको आपसी बुझाइ, मित्रता र विश्वासलाई गहन पारी चीन-भारत सम्बन्ध विकासको प्रक्रियाको महत्वपूर्ण कोसे ढुङ्गा बनाउने विश्वास आफूले लिएको व्यक्त गर्नुभयो।

         राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो भारत भ्रमण सुरु हुनलागेको उपलक्ष्यमा प्रधानमन्त्री मोदीले विशेषदूत पठाएर प्रधानमन्त्री मोदी र भारत सरकारले आफ्नो भ्रमण र चीन-भारत सम्बन्धमाथि उच्च ध्यान दिएको र सक्रिय सूचना आदानप्रदान गरेकोमा प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ