फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको दक्षिण एशिया भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक

(GMT+08:00) 2014-09-10 19:04:41

        चीनका सहायक-परराष्ट्रमन्त्री लिउ च्येन छाउले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको दक्षिण एशियाका तीन मुलुकको राजकीय भ्रमण बारे जानकारी दिनुभयो। चीनको परराष्ट्रमन्त्रालयले हिजो नौ तारिख मंगलबार पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिनु भएको हो।

        लिउ च्येन छाउका अनुसार, राष्ट्राध्यक्ष सी चिन फिङले माल्दिभ्स, श्रीलंका, भारतको राजकीय भ्रमण गर्नुहुनेछ। माल्दिभ्सको भ्रमण गर्ने अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यामीन र संसदका सभापति अब्दुलाह मासीहसँग वार्ता गर्नुहुनेछ। साथै दुई पक्षले संयुक्त प्रेस विज्ञाप्ति प्रकाशित गर्नुका साथै थुप्रै आपसी सहयोग सम्झौतामा हस्ताक्षर गर्नेछन्। श्रीलंकाको भ्रमण गर्ने अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, प्रधानमन्त्री डी एम जयराथ, संसदका सभापति चमल राजापाक्षसँग वार्ता गरी दुई देशबीचको सम्बन्धको विकासको तयारी गर्नुहुनेछ। साथै दुई पक्षले राजनीतिक पत्र प्रकाशित गर्नुका साथै थुप्रै सहयोग सम्झौतामा हस्ताक्षर गर्नेछन्। भारतको भ्रमण गर्ने अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र अरु नेतासँग वार्ता गरी द्वीपक्षीय सम्बन्ध तथा साझा रुचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहिरो बैचारिक आदान-प्रदान गर्नुहुनेछ। नयाँ दिल्लीमा राष्ट्राध्यक्ष सी चिन फिङले चीन-भारत सम्बन्ध र दक्षिण एशियामा चिनियाँ नीतिबारे सम्बोधन गर्ने र भारतका विभिन्न क्षेत्रका व्यक्तिसँग सम्पर्क गर्ने कार्यक्रम पनि रहेको छ।

         लिउ च्येन छाउका अनुसार यो भ्रमणले चीन र यी तीन मुलुकबीच दौत्य सम्बन्धको विकासलाई प्रबर्द्धन गर्न, सिल्क रोडको आर्थिक क्षेत्र र एकाइसौँ शताब्दी समुद्री सिल्क रोड निर्माण बढाउन, चीन र दक्षिण एशिया सहयोगको समष्टिगत प्रारुपको स्थापना गर्न, साझा विकास तथा समृद्धिलाई बढाउन सक्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ